Rashtriya Yuva Jagaran
Online Digital News

‘दवाङ द टुर’मा भाग लिन सलमान खानसहितका भारतीय कलाकार नेपाल आउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, माघ ०६ गते । भारतीय अभिनेता सलमान खान आउँदो फागुन अन्तिम साता काठमाडौं आउँदैछन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनन र टेलभिनजकर्मी मनिष पाउल पनि आउनेछन् । टुँडिखेलमा हुने उक्त कार्यक्रमको व्यवस्थापन शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस् र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले गर्दैछन् ।
सलमान खानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रमस्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट निर्देशक जोडी पटेल र आदिल जग्मागिया गत मंगलबार काठमाडौं आएका थिए ।
नेपाल आएका बेला अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको गोरखा ब्रुअरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.