Rashtriya Yuva Jagaran
Online Digital News

चलचित्र रानीमहलमा वर्षा र आशिषको रोमान्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । चलचित्र रानीमहलमा वर्षा शिवाकोटी र आशिष कोइराला रोमान्स गर्ने तयारीमा जुटेका छन् । नेपाली चलचित्र रानीमहलको औपचारिक रूपमा निर्माण घोषणा गरिएसँगै नायिका वर्षा सिवाकोटी र नव नायक आशिष कोइराला रोमान्स गर्ने भएका हुनु । यी दुवै चलचित्रमा मुख्य भूमिकामा देखिने भएका छन् ।

डेढ करोड लगानीमा बन्न लागेको चलचित्रको छायाङ्कन माघको तेस्रो सातादेखि सुरु

चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्ने भएका छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा वर्षा र आशिषको साथमा नीर शाह, विएस राणा, केशव भट्टराई, सुस्मिता बम्जन, प्रशान्त ताम्रकार, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, साहित श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, वासु खनाल, शिलु पोखरेल लगायत कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रको छायाङ्कन बुटवल, भैरहवा, चितवन, स्यांजा, पाल्पा र काठमाण्डौंमा हुने निर्माण पक्षले जनाएको छ । दीपक पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको कथा सङ्गीत रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । डेढ करोड लगानीमा बन्न लागेको चलचित्रको छायाङ्कन माघको तेस्रो सातादेखि सुरु हुनेछ ।

Janta Times

Leave A Reply

Your email address will not be published.