Rashtriya Yuva Jagaran
Online Digital News

पहिलो लटका स्मार्ट कार्ड (लाइसेन्स) पनि गुणस्तरहिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन ०१ गते । सरकारले स्मार्ट कार्ड (चिप्स भएको) लाइसेन्स दिन थालेको धेरै भएको छैन । व्यक्तिगत वायोडाटा संग्रहित भएको उक्त लाइसेन्स दिएपछि लाइसेन्सवालाहरु दंग परेका थिए खुशी भएका थिए र रोमाञ्चित भएका थिए । तर उनीहरुको त्यो उमंग, त्यो खुशी र उमंग त्यसबेला निस्तेज भयो जतिबेला उक्त लाइसेन्समा लगाइएको चिप्स नै उक्किएर जान थाल्यो ।
चितवनका दुई युवा यसको मारमा परिसकेका छन् । चितवन भण्डाराका बासुदेव श्रेष्ठ र चितवन रत्ननगरका सन्देश भण्डारीलाई अहिले लाइसेन्समा राखिएको चिफ्स जोगाउन निकै हम्मे परेको छ ।

यि दुई जना चितवनका युवाहरु प्रतिनिधिपात्रका रुपमा देखिए पनि स्मार्ट कार्डको यो समस्या हजारौंले व्यहोर्नु परेको छ । यो प्रकृतिको कार्ड १ लाख ६० हजार नेपालीको गोजीमा परिसकेको छ । उक्किएको चिप्सलाई गमले टासेर काम चलाइएरहेको कुरासहितका गुनासा आउन थालेपछि यातायात व्यवस्था विभागले कार्ड परिक्षणको लागि न्युजिल्याण्ड पठायो ।

त्रुटि देखियो । त्रुटी अन्य पनि थिए– अस्पष्ट क्याटोगोरी, गैर व्यवसायिक चालक अनुमति पत्र लेखिएको तर त्यसमा स्पष्ट ग्याटोगोरीसहित चालक अनुमतिपत्र बनाएर सबै समस्या समाधान भईसकेको विभागका महानिर्देशक रुपनारायण भट्टरार्इ बताउँछन् ।

तर अझै केही समस्या देखिएका छन् । विशेष गरेर फोटोको समस्या देखिएको छ । चिन्नै नसकिने फोटो श्याम श्वेतमा आउने गरेको विषयका सम्बन्धमा भट्टराईले प्रष्ट पार्दै भने– सफ्टवेयर नै श्यामश्वेत भएकोले यो समस्या देखियो । भट्टराईले पहिला स्मार्टकार्ड लिएका त्रुटिपूर्ण कार्ड परिवर्तन गर्न चालकले निवेदन दिएमा नयाँ कार्ड पाउने पनि बताए ।

समाचार सेतोपाटी डटकम

Leave A Reply

Your email address will not be published.