Rashtriya Yuva Jagaran
Online Digital News

फागुन चार गते यसवर्षको पहिलो सूर्यग्रहण लाग्ने, सूर्य ग्रहणमा के के हुन्छ ? कहाँबाट देखिन्छ वा कुन कुन के फलिफाप हुन्छ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्रहण शब्द सुन्ने वित्तिकै कुनै संकटको अभास दिने गर्दछ । कुनै अनिष्ठ हुन लागे झै लाग्दछ । खगोल शास्त्रीय घटनासँग वैज्ञानिक कारणसमेत जोडिएको छ सूर्य ग्रहणमा । यसमा ज्योतिषीय कारणले समेत असर पारेको हुन्छ । जसका अनुसार आध्यात्मिक घटनाको रुपमा लिएर चन्द्र ग्राहण तथा सूर्य ग्रहणले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीलाई यसले प्रभावित तुल्याउने गरेको छ । सन् २०१८ भित्र तीनवटा ग्रहण लाग्नेछन् ।
ग्रहण कहिले कहिले लाग्छ ? कहाँ कहाँबाट देखिन्छ ? यसबाट पर्ने नकारात्मक असरको समाधानका लागि के के सावधानी अपनाउन सकिन्छ ? यि सबैको जानकारी हुनु जरुरी छ । जस अन्तर्गत यसको असरबाट बच्न वा जीवन समृद्ध बनाउन सूर्य ग्रहणको समय आ–आफ्नो जन्मकुण्डली अनुसार ज्योतिषीय पद्दति पनि गर्न सकिन्छ ।
विज्ञानले जब पृथ्वी चन्द्रमा वा सूर्य एउटै सिधा रेखामा छन भने यस अवस्थामा चन्द्रमाले सूर्यलाई ढाकेर मध्यम प्रकाश दिँदादिँदै अध्यारो भयो भने त्यो नै ग्रहण मानिन्छ ।
पूर्ण सूर्य ग्रहण : पुरै अध्यारो भयो भने वा चन्द्रमाले सूर्यलाई पुरै ढाकेको अवस्थामा यसलाईपूर्ण सूर्यग्रहण भनिन्छ ।
खण्ड या आंशिक सूर्य ग्रहण : जब चन्द्रमाले सूर्यलाई पूरै ढाकेको छैन भने यस अवस्थाको ग्रहणलाई खण्ड ग्रहण भनिन्छ । पृथ्वीमा अधिकांश भागबाट खण्ड सूर्य ग्रहण नै देखिने गर्दछ ।
बलयाकार सूर्यग्रहण : सूर्यमा बलयाकार चाँद देखिएको खण्डमा अर्थात बीच भागमा ढाकिएर किनारमा प्रकाश दिएको छ भने यसलाई बलयाकार सूर्य ग्रहण भनिन्छ । सूर्य ग्रहण केही मिनेटको लागि मात्र देखिन्छ ।
२०१८ मा तीन पटक ग्रहण लाग्नेछ । १६ फरवरी पहिलो, १३ जुलाईमा दोस्रो र अगष्टमा लाग्ने यि तिनै ग्रहण आंशिक सूर्य ग्रहण मानिनेछन् । यि ग्रहण प्रायः सबै देशबाट देखिने बताइएको छ । तर भारतबाट सूर्य ग्रहण नदेखिने भारतीय ज्योतिषहरुले बताइरहेका छन् ।
ग्रहणको समयमा घरमा जुठो पार्नु हुँदैन । यसको मतलब केही खानु हुँदैन । भगवानको आराधनामा ध्यान केन्द्रीत गर्नुपर्दछ । पुजा, जप, जान, भजनकिर्तन आदि धार्मिक कार्य गर्नुपर्दछ । यसै समयमा नौ वटै ग्रहको पुजापाठ गर्दा अति लाभ मिल्नेछ ।
विद्यार्थीले राम्रो पढ्नु छ भने ग्रहण लाग्नु अगाडिदेखि सुरु गरेर लगातार ग्रहणभरि पढिरहनु राम्रो मानिन्छ । घरमा राखिएको पुजास्थललाई समेत कपडाले छोडेर राख्नुपर्दछ । घरमा कुनै खानेकुरा बाँकी रहेको छ भने त्यसमा तुलसी अथवा कुश हालेर राख्यो भने दोष नलाग्ने ज्योतिषहरु बताउँछन् ।
ज्योतिषका अनुसार ग्रहण सकिएपछि पुजा स्थललाई सफा गरेर जंगाजल छर्केर मात्र प्रयोग गर्नुपर्दछ । ग्रहदशाका अनुसार सूर्यग्रहण लाग्नु १२ घण्टा पहिलो देखि नै सुतक लाग्ने गर्दछ । यस कारण उक्त समयमा कोही नगर्नु । शुभ कामको लागि समेत यो समय अत्यन्तै हानिकारक हुने गर्दछ ।
यो सूर्य ग्रहण १४ फरवरी अर्र्थात् फागुन २ गते राति १२ बजेर २५ मिनेटबाट सुरु भई विहान ४ बजे समाप्त हुने उल्लेख छ । तर यो ग्रहण आंशिक भएकोले देखिनेछैन । यस समय मकर राशिबाट सूर्यले कुम्भ राशिमा आफ्नो स्थान बनाएपछि सूर्य ग्रहण लाग्ने गर्दछ । ग्रहणले सबै राशिलाई सकारात्मक या नकारात्मक असर पार्ने गर्दछ । कुनै राशिलाई ग्रहणको प्रभाव राम्रो पर्छ भने कुनै राशिलाई यसको प्रभावले असर गर्दछ ।

लगभग १५ दिनको अन्तरालमा यो वर्ष २०१८ मा दोस्रो ग्रहण देखिदैछ । १६ फेब्रुअरी अर्थात् फागुन ४ गते यस वर्षको पहिलो सूर्यग्रहण लाग्नेछ । यो भन्दा पहिले गत महिना जनवरी ३१ मा पहिलो चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरीपछि केही राशिहरुमा यसको नकारात्मक असर पर्नेछ भने केही राशिहरुको भाग्य चम्किने छ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान-सम्मान बढ्नेछ । आय वृद्दि हुनेछ । व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): भू-सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार-व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

Leave A Reply

Your email address will not be published.