Rashtriya Yuva Jagaran
Online Digital News

कन्दरा ब्याण्डको नयाँ भिडियो ‘हिमाल मुनि’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन ०५ गते । लेककी हे माया…, हङकङ पोखरा… जस्ता सदावहार गीत बहिर ल्याएर दर्शक तथा स्रोतलाई मन्त्रमुग्ध बनाएको कन्दारा ब्याण्डले यतिखेर अर्को कर्णप्रिय गीत बाहिर ल्याएको छ । गायक विवेक श्रेष्ठको स्वरमा सजिएको उक्त गितका सुनिल थापाको शब्द तथा संगीतमा भरिएको छ । यस भिडियो गीतका संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक रहेका छन् ।
हिमाली क्षेत्रका मनोरम दृश्यहरुलाई भिडियोमा कैद गरिएको उक्त म्युजिक भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन जीवन रसाइलीले गरेका हुन् । तर छायांकनमा पष्कर थापा र सुरज श्रेष्ठको सहयोग रहेको उक्त भिडियोलाई कन्दारकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave A Reply

Your email address will not be published.