Rashtriya Yuva Jagaran
Online Digital News

मोरङ पथरी शनिश्चरेकी नेपाली चेली हेमानन्द गिरी विश्वमै पहिलो पटक सनातनको सर्वोच्च पद शंकराचार्यमा मनोनित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
नेपाली भूमिलार्इ कसैले गुलाम बनाउन सकेन त्यसमा सम्पूर्ण नेपालीहरुले आत्मगौरव गर्नुपर्छ किनकि नेपाल भनेको सीता माता र पार्वती माता जन्मिनु भएको देश हो। बुद्ध भगवान जन्मेको देश हो नेपाल। पाणिनी, वेदव्यास, जनक राजा लगायतको देश हो हाम्रो। चार वेदमा अथर्व वेद हाम्रै नेपालमा बसेर लेखियो। यो गौरव पूर्ण इतिहास प्रति हामीले गर्व गर्नु पर्छ। 

काठमाडौं, फागुन ९ गते । पूर्वी नेपालको मोरङस्थित पथरी शनिश्चरेमा स्थायी बसोबास भएकी नेपाली नारी हेमानन्द गिरी विश्वमै पहिलो पटक सनातनको सर्वोच्च पद शंकराचार्यमा मनोनित भएकी छन् ।

नेपाली चेली हेमानन्द गिरी जसलाईलाई भारत धर्म महामण्डल एबं काशी बिद्वत परिषदले भारत उत्तर प्रदेशको ज्योतिष पीठको शंकराचार्यमा नियुक्त गरेको हो । सनातन धर्मको इतिहासमा यो महत्वपूर्ण र सर्वोच्च पद हो ।
शंकराचार्य महिला पनि हुन सक्छन् र हेमानन्द नयाँ शंकराचार्यको प्रतिस्पर्धामा सबैभन्दा सशक्त रहेकी थिइन । दुई सय प्रतिस्पर्धीलाई उछिन्दै अद्भुत क्षमताकी नेपाली माता ‘महामण्डलेश्वर हेमानन्द गिरी’ महाराज शंकराचार्यको पदका लागि अन्तिम चारजनाको छनौटमा परेको खवरले हिन्दूधर्माबलम्बीहरुको क्षेत्रमा सनसनी नै मच्चिएको थियो। एक टेलिभिजन च्यानलसँग कुरा गर्दै महामंडलेश्वर पद कसरी प्राप्त भयो भन्ने बारेमा प्रष्ट पार्दै हेमानंद गिरि भन्छिन “२ वर्ष अगाडी उज्जैनको कुम्भ मेलाले लगभग ९ करोडको उपस्थितिमा यो पदको चयन गर्दा देश भित्र तथा बाहिरबाट ६ जना व्यक्तिहरुलाई चयन गरियो जसमध्य एकजना म मात्र महिला नेपालबाट प्रतिनिधित्व गरिरहेकी थिए।”
हेमानन्द गिरी पूर्वी नेपालको वैदिक सूर्य शिवालयमठ गौरीगंज झापाकी प्रमुख हुन् । हिमालयका गुफाहरुमा लामो समय सम्म बसेर तपस्या गरेकी हेमानन्द वेद र वेदान्तमा खारिएकी प्राज्ञको रुपमा प्रख्यात छन् । पथरी शनिश्चरेमा स्थायी बसोबास भए पनि धेरै जस्तो भारतमै बस्छिन। भारतीय संचार माध्यमहरुले उनको बारेमा लेखिरहेका हुन्छन, बोलिरहेका हुन्छन तर नेपाली मिडियामा भने गिरि त्यति देखा परेकी छैनन्। एउटी महिला भएर पनि पुरुषहरुसंग प्रतिस्पर्धा गर्दै तपाई कसरी पदीय यो सोपान सम्म पुग्नु भयो भन्दा उनी मुसुक्क हाँस्दै भन्छिन ”मैले आफुलाई कहिल्यै नारी ठानिन किनकि महिला र पुरुषको विभेद सत्य युगमा थिएन। हाम्रो सनातन परम्पराबाट सिंचित मान्छे हुँ म। जब मान्छेको सिर्जना भयो पहिलो सिर्जना छोरीको सिर्जना भएको थियो।”
हेमानंद गिरि भन्छिन– नेपाली भूमिलार्इ कसैले गुलाम बनाउन सकेन त्यसमा सम्पूर्ण नेपालीहरुले आत्मगौरव गर्नुपर्छ किनकि नेपाल भनेको सीता माता र पार्वती माता जन्मिनु भएको देश हो। बुद्ध भगवान जन्मेको देश हो नेपाल। पाणिनी, वेदव्यास, जनक राजा लगायतको देश हो हाम्रो। चार वेदमा अथर्व वेद हाम्रै नेपालमा बसेर लेखियो। यो गौरव पूर्ण इतिहास प्रति हामीले गर्व गर्नु पर्छ। आत्मशक्ति कम्जोर भएको कारणले गर्दा नै आज नेपाल अशान्त भएको छ। वेद भनेको विज्ञानको पराकाष्ट हो दलित महिला दिदि बैनिहरुलाई समेत मैले गायत्री मन्त्र उच्चारण गर्न सिकाई सकेकी छु। हामी हाम्रो धर्मको सन्दर्भमा देखापरेको संकीर्णताबाट माथि उठ्नु पर्छ।ु
दिर्घराज प्रसाईबाट

Leave A Reply

Your email address will not be published.