Rashtriya Yuva Jagaran
Online Digital News

भारतीय अभिनेतृ श्रीदेवीको हृदयघातबाट निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
भारतीय चर्चित अभिनेत्री श्रीदेवी आफ्नी छोरी जानवी र खुशीको साथमा । तिस्बर : सिएनएन

काठमाडौँ – भारतीय चलचित्र उद्योगको ८० को दशककी रानी, बहुचर्चित अभिनेतृ श्रीदेवीको ५४ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ।
दुवईमा आफन्तको वैवाहिक कार्यक्रममा सरिक हुन पुगेकी श्रीदेवीको शनिबार हृदयघातबाट निधन भएको जनाइएको छ ।
हिम्मतवाला, सदमा, नगीना, कर्मा, मिस्टर इंडिया, चाँदनी, निगाहें जस्ता सुपरहिट चलचित्रकी अभिनेत्री श्रीदेवीको निधनले बलिउड शोकमा मात्र डुबेन असल अभिनेत्रृ समेत गुमाएको छ ।
१९६३ अगस्ट १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षको उमेरदेखि नै बाल कलाकारको रुपमा आफ्नो करियरको शुरु गरेकी थिइन्।
८० को दशककी सर्वाधिक हिट हिरोइन श्रीदेवीले तीन सय चलचित्रमा अभिनय गरेकी छिन् ।
श्रीदेवीको निधनप्रति भारतीय कलाकारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन् । श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना ।

Leave A Reply

Your email address will not be published.