Rashtriya Yuva Jagaran
Online Digital News

जग्गाको क्षेत्र रुपान्तरण कसरी गरिन्छ र जग्गाको मापन के आधारमा गरिन्छ ? व्यवहारिक जानकारीका लागि एक पटक पढ्नुहोस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, मोरङ, माघ १३ गते । भौगोलिक हिसाबले जग्गाको मापन फरक फरक तरिकाले गरिन्छ । यसको मापनका विषयमा सबैलाई थाहा नहुन सक्छ । त्यसैले पाठकको जानकारीका लागि हामीले जग्गा मापनका विषयमा यो सूचनामूलक विषय राखेका छौं । आजभोलि हरेक क्षेत्रमा, हरेक गाउँ र टोलमा जग्गासम्बन्धी कारोबार गर्नेहरुको बिगबिगी नै छ । मापनको विषयमा जग्गा व्यापारीलाई भन्दा बढी तपाईलाई थाहा हुनुपर्दछ ताकि जग्गा मापन गर्दा कसैले ठग्न नपाओस् ।

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ ।

नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।

त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । यी इकाईलाई प्रस्तुत तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा) 1 Bigha (बिघा) = 6772.63 m² 1 Bigha (बिघा) = 72900 sq.ft. 1 Bigha (बिघा) = 13.31 Ropani 1 Katha (कठ्ठा) = 20 Dhur (धुर) 1 Katha (कठ्ठा) = 338.63 m² 1 Katha (कठ्ठा) = 3645 sq.ft.

1 Dhur (धुर) = 16.93 m² 1 Dhur (धुर) = 182.25 sq.ft. 1 Ropani (रोपनी)= 16 aana (आना) 1 Ropani (रोपनी)= 64 Paisa (पैसा)

1 Ropani (रोपनी)= 508.72 m² 1 Ropani (रोपनी)= 5476 sq.ft. 1 Ropani (रोपनी)= 256 Daam (दाम) 1 Ropani = 4 llka

पत्रपत्रिका र अनलाईनबाट

Leave A Reply

Your email address will not be published.