Rashtriya Yuva Jagaran
Online Digital News

१०८ औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ मनाइँदै

विराटनगर (मोरङ), फागुन २४ (मार्च ८) ।१०८ औं अन्तर्राष्ट्रिय दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि मनाइन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए ।


त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे ।
जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।
त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् ।
जमीन तथा उत्पादनका साधनमा समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी नै महिला अधिकार हो भन्न थालिएको छ । यस दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

Leave A Reply

Your email address will not be published.