Rashtriya Yuva Jagaran
Online Digital News

विमान दुघटनामा निधन भएकाको सम्झनामा ढाकामा एक दिन राष्ट्रिय शोक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ढाका, फागुन ३० गते । बंगलादेशको युएस बंगला एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भई ५१ जनाको ज्यान गएको दुखद् घडीमा शुक्रबार बंगलादेश सरकारले शोक मनाउने निर्णय गरेको छ ।
ढाकाबाट काठमाडौ उडेको यूएस–बंगलाको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जहाजमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए। चालक दलका ४ जना सहित जहाजमा ३६ जना बंगाली नागरिक थिए । दुर्घटनामा बचेका घाइतेहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बुधवार प्रधानमन्त्री शेख हसिना वाजेदको अध्यक्षमा बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले बिहीवार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रवार मस्जिद, मन्दिर, चर्च र पागोडालगायत सबै धार्मिक स्थलहरुमा विशेष प्रार्थना गरिनेछ ।

Nagariknews.com

Leave A Reply

Your email address will not be published.