Rashtriya Yuva Jagaran
Online Digital News

लकिङ प्रणाली विरुद्ध इन्धन ढुवानी ट्याङ्कर चालकहरु, पूर्वमा ढुवानी बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

[su_note note_color=”#2c2e3c” text_color=”#ffffff”]

गत साल कात्तिक २०७३ मै सरकारले इन्धन ढुवानीमा देखिएका समस्याको निराकरणका लागि व्यवसायीसहित सुरक्षा निकाय र लोककल्याणकारी संस्थालाई दिने निर्णय समेत गरेको थियो । व्यवसायीसँग मात्रै निर्भर रहँदा उनीहरु बीचबीचमा अनेकन माग राखेर पेट्रोलियम आपूर्तिमा अवरोध खडा गरिरहेको हुँदा अन्य निकायलाई समेत इन्धन ढुवानी दिने निर्णय गरेको थियो ।
नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, साझा, नेसनल ट्रेडिङले उपत्यका लगायत केही स्थानमा पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन् । सुरक्षा निकायका कल्याणकारी संस्थाको नाममा भने पनि तिनको सञ्चालनमा सबै सुरक्षा निकायको संलग्नता रहेको छ । यिनीहरुकै आवेदनका आधारमा स्मार्ट सुविधासम्पन्न स्मार्ट पेट्रोल पम्प समेत खुल्दै आएका छन् ।

[/su_note]

बिर्तामोड (झापा), चैत्र ०१ गते । निगमले तेल चुहावट रोक्न लकिङ प्रणाली ल्याउने तयारी गर्दैगर्दा भारतको सिलगुडीबाट इन्धन ढुवानी गर्दै आएका चालकहरुले इन्धन ढुवानी बुधबारदेखि बन्द गरेका छन् ।
नेपाल आयल निगमसँग भएको सहमतिलाई निगमले कार्यान्वयन नगरेको आरोपमा उनीहरुले इन्धन ढुवानी सेवा बन्द गरेका हुन् ।
सहचालक अहमद देवानलाई लुटेराहरुले नशालु पदार्थ सेवन गराई हत्या गरेपछि इन्धन आयात तथा विक्री बन्द गरी आन्दोलनमा उत्रिएपछि आयल निगमसँग पाँच बुँदे सहमति भएको थियो । सहमतिमा मृतकका परिवारलाई क्षतिपूर्तिदेखि चालकको बिमासमेतका विषय रहेका थिए ।
उक्त सहमति नेपाल आयल निगमले कार्यान्वयन नगरेकोे भन्दै पूर्वका चालकहरुले इन्धन ढुवानीमा अवरोध गरेका हुन्। पूर्वका ट्यांकर चालकले बुधबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका हुन् ।
निगमले तेल चोरी रोक्न लकिङ प्रणाली लागू गर्ने तयारी गरिरहेका बेलामा ट्यांकर चालकहरुले विभिन्न माग तेस्र्याउँदै अवरोध गरेका हुन् ।
झापासहित मेचीका पहाडी जिल्लामा ५९ ओटा ट्यांकरले भारतको सिलगुडीबाट इन्धन ढुवानी गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.