Rashtriya Yuva Jagaran
Online Digital News

कांग्रेसको केन्द्रीय समितिको बैठक नजिकिँदै गर्दा तरंगित नेपाली राजनीति

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

स्पष्ट बहुमत रहँदा रहँदै दूई तिहाईका लागि अनेकन प्रयास गरिरहेको सन्दर्भले समेत कतै कम्युनिष्टहरुको यो शक्तिले राज्यलाई एकतन्त्रिय जहाँनियातर्फ धकेल्ने त होइन भन्ने आशंका समेत पैदा गरेको छ । परिवर्तनका निम्ति नेपाली राजनीतिका मियो तथा सहयात्री पार्टी नेपाली कांग्रेस र नेकपा एमाले अहिले छत्तिसको आँकडाबाट अगाडि बढ्नु राष्ट्रका निम्ति त्यति हितकर छैन भन्ने विश्लेषणसमेत गरिँदैछ।

काठमाडौं, चैत्र ०६ गते । स्पष्ट बहुमतको सरकार रहँदा रहँदै बामगठबन्धनले एकताको प्रयाससँगै दुई तिहाईको लागि कसरत गर्नु अर्कोतिर नेपाली कांग्रेस आफैले नेतृत्व गरेर अहिले संस्थागत हुँदै गरेका विषय राजसंस्था, हिन्दु राज्य र संघीयताका विषयलाई केन्द्रीय समितिको बैठकमा छलफलको माध्यम बनाउनुले नेपाली राजनीति यतिखेर निकै तरंगित बनेको छ ।
नेपाली कांग्रेसको चुनावी समिक्षासहितको केन्द्रीय समितिको बैठकमा छोडिएका मुद्दाका विषयमा कुरा उठ्ने आशंका जन्माएको छ ।
नेपाली कांग्रेसले दशवर्षसम्म जनयुद्ध गरेको, हिंसात्मक बाटो रोजेको पार्टी तत्कालिन ‘माओवादी’ पार्टीलाई हिंसाबाट मुक्त गराएको थियो । यस विषयमा निसन्देह नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको छ । त्यो उपलब्धीलाई संस्थागत गर्दै नेपाललाई लोकतान्त्रिक गणतन्त्रको बाटोमा लैजानका निम्ति संविधान निर्माण र राज्य पुर्नसंरचनाको कामका निम्ति कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाले गरेका थिए भने यि सबै उपलब्धीलाई कार्यान्वयन गर्ने गरी राज्यको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरेर कार्यान्वयनको दिशामा लाने काम नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।
नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा समाहित गर्दै गर्दा नेपाली कांग्रेसभित्रका कतिपय नीति तथा सिद्धान्तहरुसमेत छोडेर अगाडि बढेको दृश्ष्टान्तले गर्दा अहिले नेपाली कांग्रेसले निर्वाचनमा नराम्रोसँग पराजय भोग्नु परेको छ । त्यो पराजयलाई पार्टी सभापतिको दोष भनेर केही नेताहरुले एकतर्फी दोषारोपण गरिरहँदा अर्काथरीले त्यो मात्र होइन कांग्रेसले पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्न नसकेको कारणले निर्वाचन हारेको निस्कर्षसहितका मुद्दा समेत तय भएका छन् ।
विशेष गरेर पार्टी तथा सरकार सञ्चालनका क्रममा शेरबहादुर देउवाबाट भएका त्रुटि, कमी कमजोरी त रहँदारहँदै त्यति नै मात्र पनि कांग्रेसको हारको कारण बनेको थिएन ।
नेपाली कांग्रेसले विश्वभरि परिचय राखेको एक मात्र हिन्दु राज्यको इतिहास मेटाउन पु¥यो त्यो एउटा कारण बन्यो र अर्को कारण राजसंस्थालाई परिमार्जनसहित भूमिका निर्वाह गर्ने ठाउँ रहँदा रहँदै पनि पूर्ण रुपमा राजसंस्था हटाउन अन्य पार्टीसँग मिलेर अगाडि बढेर बीपीका आधारभुत मान्यता र सिद्धान्तसमेत आत्मसाथ गर्न सकेन भन्ने जस्ता आरोपहरु लाग्दै आएको छ । पछिल्लो समय हिन्दु राज्य पुनः स्थापना गर्ने गरी अगाडि बढेका कांग्रेसका नेता खुमबहादुर खड्काले फेरी हिन्दु राज्यलाई कांग्रेसले स्थापित गराउनु पर्दछ भन्ने मान्यताको प्रस्ताव लिएर आगामी बैठकमा प्रस्तुत हुँदैछन भने राजसंस्थाको मुद्दामा समेत छलफल हुने कांग्रेसका नेताहरु बताइरहेका छन् । अर्को डरलाग्दो विषय के पनि छ भने कांग्रेसले यो केन्द्रीय समितिको बैठकमा संघीय राज्यको विकल्पका विषयमा समेत छलफल गर्ने कांग्रेसकै नेताहरु बताइरहेका छन् ।
हिजोका दिनमा कांग्रेसले छोडेर कांग्रेसकै नेतृत्वमा संस्थागत भएका विषयहरुलाई अहिले कांग्रेसले केन्द्रीय समितिमा छलफलमा पु¥याउने विषयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ ।

Leave A Reply

Your email address will not be published.