Rashtriya Yuva Jagaran
Online Digital News

श्रम स्वीकृति अब इटहरी, जनकपुर र बुटवलबाटै हुने

जुन क्षेत्रबाट बढी विदेश जाने हुन्छन् त्यहीबाट श्रम स्वीकृति

  •  
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

पत्रकार सम्मेलनमा मन्त्री विष्टले वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सबै खाले ‘सिन्डीकेट’लाई हटाउने बताए।

काठमाडौं, चैत्र ०६ गते । संघिय संरचना अन्तर्गत राजधानीको राप कम गर्न अब श्रम स्वीकृतिका लागि काठमाडौं जान नपर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवाहरुको सहजीकरणको लागि इटहरी, जनकपुर र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमार्फत मंगलबार जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भने–यतिमात्र होइन जुन क्षेत्रबाट बढी कामदार विदेश गएका छन् त्यही श्रम स्वीकृति प्रदान गर्ने कार्यलय स्थापना हुनेछ ।
मन्त्री विष्टले भने–पूर्वको इटहरी, दुई नम्बर प्रदेशको जनकपुर र पश्चिमको बुटवलबाट श्रम स्वीकृति दिने निर्णय तत्कालिका लागि गरिएको हो । यसलाई तुरुन्तै कार्यान्वयनमा लैजाने गृहकार्यसमेत भईरहेको मन्त्री विष्टको भनाई छ ।
पत्रकार सम्मेलनमा मन्त्री विष्टले वैदेशिक रोजगारलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्नको लागि सबै खाले ‘सिन्डीकेट’लाई हटाउने बताए।
मन्त्री विष्टले सीपयुक्त जनशक्ति उत्पादन, सुरक्षित रोजगारको लागि आफूहरुले योजनाबद्ध रुपमा कामहरु अगाडि बढाउने बताए।

Leave A Reply

Your email address will not be published.