Rashtriya Yuva Jagaran
Online Digital News

घुसकै भरमा विदेशी लाइसेन्स नेपाली करण

अख्तियारद्वारा तीन जना कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा

  •  
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं, चैत्र ०९ गते ।  यातायात व्यवस्था विभागले सुकेधारा कार्यालयबाट जारी हुन लागेका सवारी चालक अनुमतिपत्र लाइसेन्स तत्कालका लागि रोकेको छ ।

घुस लिएर विदेशी लाइसेन्स नेपालीकरण गरेको खुलेपछि वितरण हुन बाँकी त्यस्ता लाइसेन्स तत्कालका लागि रोक्का गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भटरार्इले जानकारी दिनुभयो ।

लाइसेन्सको नेपालीकरण गर्दा घुस लिने सुकेधारा कार्यालयका ३ जना कर्मचारीलाई अख्यिार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि विभागले यस्तो कदम चालेको हो ।

नेपालीकरण गरिएका झन्डै २ हजारजति लाइसेन्सको वैधता फेरि जाँच गरी प्रमाणित भएमा मात्रै तिनलाई मान्यता दिइने र प्रमाणित नभएमा खारेज गरिने पनि महानिर्देशक भटरार्इले जानकारी दिनुभयो ।

अस्ति अख्तियारले लाइसेन्स नेपालीकरणमा अनियमिता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, सुकेधारा कार्यालयका कार्यालय प्रमुख सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ujyaaloonline

Leave A Reply

Your email address will not be published.