Rashtriya Yuva Jagaran
Online Digital News

कटुवालको पूर्वेली लोकभाका ‘घोरेटार भाग २’ सार्वजनिक

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

विराटनगर (मोरङ), चैत्र २६ गते । मातृभूमिदेखि प्रवासमा समेत रोजगारीसँगै गायनका क्षेत्रबाट आफूलाई खरो रुपमा उतार्न सफल सामाजिक अभियन्ता गायक गोविन्द कटुवाल यतिखेर जन्मस्थानको प्रचारमा लागेका छन् । भोजपुरको घारेटारमा जन्मिएका कटुवालले पछिल्लो समयमा घोरेटार र विशेष गरेर भोजपुरको सेरोफेरोमा उभिएर आफ्नो गायनलाई देशपरदेशका नेपाली माझ पु¥याउने जमर्को स्वरुप नयाँ लोकभाका ‘घारेटारैमा’को दोस्रो भाग–२ पनि सार्वजनिक गरिसकेका छन् । कटुवालको आफ्नै युवट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गितले त्यस क्षेत्रको विविध क्षेत्रलाई समेटेको छ ।
उक्त गितमा गायक गोविन्दलाई साथ दिँदै चर्चित गायिका लिला राईको स्वरले उक्त लोकभाकालाई सुनमा सुगन्ध थपेको छ । उक्त लोकभाकाको गीतकार एबम कवि गजलकार एल. बी. प्रधान (अरुण आकाश)ले लेखेका हुन । गीतमा सङ्गीत रुद्र श्रेष्ठको रहेको छ भने एरेन्ज कुन्दन रार्इको रहेको छ। पुर्बान्चल रेकर्डिङ स्टुडियो इटहरिमा रेकर्डिङ गरिएको उक्त पुर्बेली लोकलयमा आधारित रहेको छ ।
उक्त गितको टिम नै लगभग भोजपुरै जन्मिएको भएर गायन क्षेत्रमा फैलिएका कलाकारहरुको जमघटबाट आएको उक्त लोकभाकाले बजार राम्रै लिने गायक कटुवालको भनाई रहेको छ । मोरङसुनसरी सेवा समाज, कटुवाल हातेमालो सेवा समाजलगायत अन्य सामाजिक अभियानका संस्थामा आवद्ध रहेका कटुवाल यतिखेर विदेशी भूमि छोडेर स्वदेशमै रमाउन कम्मर कसेर लागेका छन् ।

Leave A Reply

Your email address will not be published.