Rashtriya Yuva Jagaran
Online Digital News

बलिउड अभिनेत्री माधुरीसँग नजिकिँदै अभिनेता अनिल कपुर

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मुम्बई बैशाख ३ गते । बलिउडको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित २६ वर्षपछि पुनः पर्दाबाट नजिकिने भएका छन् । फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरबाट बताएका हुन् । इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ। ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो। टोटल धमालको शुटिङ्ग सुरु भएको छ।
माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं। तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ। यो यात्रा रोमाञ्चक हुनेवाला छ।’ फिल्ममा अर्जुन र माधुरी श्रीमान–श्रीमतीको भुमिकामा देखिनेछन्। यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए। नागरिकमा खबर छ ।
दुबैले दर्जनौ फिल्ममा सँगै काम गरेका थिए। जसमा हिफाजत, तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया, बेटा, खेल, पुकारजस्ता फिल्म छन्।
‘टोटल धमाल’ आगामी डिसेम्बर ७ मा रिलिज हुनेछ। फिल्ममा माधुरी र अनिलका अलावा अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संञ्जय मिश्राको पनि अभिनय देख्न पाइनेछ।

Leave A Reply

Your email address will not be published.