Rashtriya Yuva Jagaran
Online Digital News

विद्यालयलाई सेवामुखी शिक्षा दिन गौतमको आग्रह

इटहरीमा मन्टेश्वरीयन पद्दतिको विद्यालय ‘ट्वीन्कलिङ स्टार किन्डर गार्डेन’ स्थापना

  •  
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

इटहरी, वैशाख ८ गते । निजी विद्यालयहरु सेवामुखी हुनुपर्ने इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा आयोजित एक कार्यक्रममा बताईन् ।
इटहरीमा बुधबार ‘ट्वीन्कलिङ स्टार किन्डर गार्डेन मोन्टेश्वरी’ विद्यालयको उद्घाटन गर्दै सो कुरा बताएकी हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविनाथ सुवेदीको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गौतम रहेकी थिएन् । चन्द्रप्रसाद लुइँटेलले सञ्चालन गरेको सो कार्यक्रममा इटहरी १२ र १३ का वडाअध्क्षसहित इटहरीका प्रबुद्ध, शिक्षासेवी, सामाजिक अगुवाहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले बालबालिकाको भविष्यसँग जोडिएर स्थापित भएको यस विद्यालय इटहरीकै नमूना विद्यालय बन्न सकोस् भन्ने शुभकामनासहित व्यवसायिक शिक्षालाई न्युनिकरण गर्दै सेवामुखी शिक्षाको विकास गर्न आग्रह गरिन् । उद्घाटिन उक्त विद्यालयको सबै कक्षा कोठा, भौतिक पूर्वाधारसमेतको निरीक्षण गरेकी उपप्रमुख गौतमले शिक्षाबाट कोही पनि बालबालिका बञ्चित नहुने गरी सेवामूखी शिक्षाको विकास गर्न आग्रह गरेकी हुन् ।


यस विद्यालयले चर्चित विद्यालय माउन्ट एभरेष्ट इङ्लीस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक समेत रहेका अनुभवी शिक्षाविद् एस. रहमान राईनलाई संस्थापक प्रिन्सिपलको भूमिकामा राखेको छ । बालमैत्री वातावण रहेको उक्त विद्यालयमा खेलमैदानसहित बालबालिकाका लागि आवश्यक सुविधासम्पन्न पूर्वाधार तयार गरी पिजीदेखि कक्षा १ सम्मको पठनपाठन सुरु गरेको संस्थापक प्रिन्सिपल राईनले बताए । राईनका अनुसार आजको आवश्यकता भनेको मन्टेश्वरयन पद्दतिकै रहेको हुँदा यस विद्यालयलाई इटहरीको नमूना मोन्टेश्वरी विद्यालय बनाउन आफ्नो योगदान रहने बताए ।

Leave A Reply

Your email address will not be published.