Rashtriya Yuva Jagaran
Online Digital News

ऐतिहासिक वार्तामा बसे दुई कोरियाली प्रमुखहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ऐजेन्सी – उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जेईबीच शुक्रबार बिहान शिखर वार्ता सुरु भएको छ । दुई कोरियाको सिमानामा रहेको पानमुनजोनमा सुरु भएको उक्त वार्ता १० बर्ष यताकै पहिलो हो।

यसै र्बातासँगै उन दक्षिण कोरियाली भुमिमा पाईला राख्ने पहिलो उत्तर कोरियाली नेता बनेका छन् । सन् १९५३ मा भएको युद्दपश्चात कुनै उत्तर कोरियाली नेताले दक्षिणको भुमिमा पाईला टेकेका थिएनन् । भेटका क्रममा दुबै कोरियाका नेताहरु र्हषित मुद्रामा देखिएका थिए ।

उनिहरुले हात मिलाइरहेको तस्बिर ऐले अन्तिराष्ट्रय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा छाईरहेको छ । दक्षिण कोरियाली राष्ट्रपति जेइले सुरुमा उत्तर कोरियाली नेता उनलाइ आफ्नो भूमिमा पाईला टेकाएका थिए । त्यसपछि उनले जेईलाई उत्तर कोरियाको भूमिमा लगेका थिए ।

दुई कोरियाली नेता बिच दक्षिणको भूमिमा रहेको पिस हाउसमा दिनभरी बार्ता हुनेछ । वार्ताका क्रममा उत्तरको रसायनिक हतियार र शान्ति सम्झौताका विषयमा केन्द्रित हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.