Rashtriya Yuva Jagaran
Online Digital News

दुई कोरियाबीचको ऐतिहासिक सम्झौता विश्वशान्ति तर्फ अग्रसर

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

एजेन्सी । काठमाडौं, वैशाख १५ गते । ६५ वर्षपछि पहिलो पटक दक्षिण कोरियाको भूमिमा पाइला राख्ने किम जोङ उनको प्रयासमा दुई कोरियाबीच भएको ऐतिहासिक सम्झौताले विश्वशान्तितर्फ उन्मुख रहेको प्रष्ट्याएको छ ।
उत्तर र दक्षिण कोरियाका उच्च नेताहरु ६८ वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न भएको द्वीपक्षीय सहमतिसँगै अब विश्वमा शान्ति छाउने संकेत देखिएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे–इनको ऐतिहासिक वार्तापछि शान्ति सम्झौता गर्ने घोषणा गरेका हुन् ।
६५ वर्षमा पहिलो पटक दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता किम जोङ उनलाई राष्ट्रपति मुनले स्वागत गरेका थिए ।
नेता द्वयले सीमा क्षेत्रमा रहेको पीस हाउसमा वार्ता गरेका थिए । लगतै कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका छन्, जसलाई शान्तिको एक नयाँ युगको सुरुवात भनिएको छ । ऐतिहासिक वार्तापछि दुई नेताले १९५३ को युद्धविरामलाई शान्ति सम्झौतामा रुपान्तरण गर्ने सहमति गरेको बीबीसीले जनाएको छ ।
कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् ।
साथै यो वर्षको अन्त्यमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरिया भ्रमण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.