Rashtriya Yuva Jagaran
Online Digital News

अपाङ्गमैत्री समाजको स्थापना आजको आवश्यकता

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
लेखक : बालिका थपलिया
  • मैत्रीपूर्ण समाजको परिकल्पना र कार्यान्वयन नै असल समाज संरचनाको लागि कोशेढुङ्गा सावित हुनसक्छ ।
  • हामी अपांगता भएकाहरूको शत्रु नबनेर उनीहरूको मित्रुको रूपमा उभिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ ।
  • बालबालिकामा हुनसक्ने जन्मजात अपांंगता रोकथाम गर्न आमाले टीडी खोप गर्भावस्थामा दुईपटक लगाउनु र गर्भवती भएको ४ महिना लागेपछि, ६ महिनामा, ८ महिनामा र ९ महिना लागेपछि गर्भ जाँच गर्नु अनिवार्य हुन्छ ।

हामीलाई थाहा नै छ, व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समुदाय अनि समाज बन्छ । समाज हाम्रो जीवन स्तरको ऐना हो । अनि समग्रमा हामी मिलेर नै समाजको निर्माण भएको हो । समाज उदाहरणीय छ/छैन भन्ने व्यक्ति र परिवारको संवेदनशीलतामा निर्भर गर्छ ।
समाजलाई सही दिशामा डोर्‍याउन अनेक सूक्ष्म र बृहत tTj dxTjk”0f{ भूमिका खेलिरहेका हुन्छन् । मैत्रीपूर्ण समाजको परिकल्पना र कार्यान्वयन नै असल समाज संरचनाको लागि कोशेढुङ्गा सावित हुनसक्छ । समाजमा रहेका हरेक वर्गलाई समेट्न हाम्रो मनमा मैत्रीपूर्ण भावनाको जागरण हुनु आवश्यक छ । समाजलाई सुन्दर माला बनाउन परिवार–परिवार उस्तै खालका फूल भएर गाँसिँदै आउनुपर्छ ।
अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य होइन । यसका लागि हामीमा अन्तरात्मादेखि नै मैत्रीमय भावनाको जन्म भएमा मात्र अर्थपूर्ण परिवर्तनको नजिक पुग्न सकिन्छ । बालबालिकाको क्षेत्रमा सुधार ल्याउन हामी बालमैत्री बन्नुपर्छ । उनीहरूका समस्या मध्यनजर गरेर सर्वाङ्गीण विकास गर्न हामीमा तन, मन, वचनले उदारवादी भावना जागृत हुनैपर्छ । अझ गरिबीको रेखामुनि परेका, अपांगता भएका बालबालिकाको लागि सकारात्मक विचार राखेर कार्य गर्नु अपरिहार्य छ । बालबालिकामा हुनसक्ने जन्मजात अपांंगता रोकथाम गर्न आमाले टीडी खोप गर्भावस्थामा दुईपटक लगाउनु र गर्भवती भएको ४ महिना लागेपछि, ६ महिनामा, ८ महिनामा र ९ महिना लागेपछि गर्भ जाँच गर्नु अनिवार्य हुन्छ ।
अस्पतालमा बच्चाको जन्म दियो भने बच्चालाई जन्मनासाथ हुनसक्ने धेरै समस्याबाट बचाउन सकिन्छ । बाल्यकालमा हुने क्षयरोग, टिटनस, निमोनिया, दादुरा रुवेला, लहरेखोकी, भ्यागुते रोग, जापानिज इन्सेफलाइटिस, धनुषटङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस, इन्फलुएन्जा–बी आदि रोगबाट बचाउन बालबालिकालाई जन्मिने बित्तिकै सुरु गरेर ६ हप्ता, १० हप्ता, ९ महिना, १२ महिना हुँदै १५ महिनासम्म खोपको सुविधा प्रदान गर्नुका साथै पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउनु अनिवार्य छ । बच्चा ६ हप्ता, १० हप्ता र १४ हप्ताको हुँदा पोलियो थोपा पनि छुटाउनु हुँदैन । खोप अभियान पनि बाल्यकालमा हुने अपांगताबाट बचाउन छुटाउनै नमिल्ने पाटो हो ।
बच्चालाई कुपोषणबाट बचाउन पोषिलो खानेकुरा खुवाउन जोड दिनुपर्छ । हामी मध्ये धेरैजसो गरिबीको रेखामुनि छौं । यसले कुपोषण निम्त्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । कुपोषण अपांगता निम्त्याउन मुख्य कारकतत्त्व बन्न सक्छ । यसका लागि परिवारले मात्र नभई समाज अनि राज्यले संवेदनशील बन्नुपर्ने हुन्छ । आर्थिक स्थिति कमजोर भएकालाई आय आर्जनमूलक कार्यमा सहभागी हुने अवसर प्रदान गर्नुपर्छ । बाल्यावस्था जीवनको पहिलो खुड्किलो भएकाले जीवनलाई अर्थपूर्ण बनाउन सुरुवातको चरणमै सचेतना अपनाउनुपर्ने हुन्छ । विद्यालय प्रत्यक्ष रूपमा बालबालिकासँग जोडिएको हुनाले उनीहरूले प्रयोग गर्ने डेस्क, बेन्च, धारा, बाटो आदि बालमैत्री अझ अपांगता भएका विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर निर्माण गर्दा उनीहरूलाई शिक्षा आर्जन गर्न सहज हुन्छ ।
अपांगता क्षेत्र हाम्रो समाजका पिछडिएका क्षेत्र मध्येमा पर्छ । अपांगता भएकाहरूलाई हेर्ने हाम्रो नजर विरोधाभासपूर्ण छ । उनीहरूलाई प्रयोग गर्ने गरेको अपमानजनक सम्बोधन अब गर्न पाइने छैन । अपाङ्गता पूर्व जन्मको पाप हो । अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्‍याउन सक्दैन भन्ने हाम्रो गलत अवधारणा छ । त्यसैले हामीले विभिन्न किसिमका अपांगता भएकाहरूलाई विभिन्न नाम राखिदिएका छौं । उदाहरणका लागि आँखा नदेख्नेलाई अन्धो, कान नसुन्नेलाई बहिरो, खुट्टा लच्काउनेलाई फ्याङ्टो, मानसिक अपाङ्गता भएकालाई बौलाहा अथवा पागल, ओँठ फाटेकोलाई v’F8], बैसाखी टेक्नेलाई लङ्गडो, हात नहुनेलाई डुँढो, उठेर हिँड्न नसक्ने सुतिरहने समस्या भएकालाई साँपे, होचा व्यक्तिलाई वामपुड्के, बोल्न नसक्नेलाई लाटो, ढाडमा मासु उठेकोलाई कुम्ले आदि । रमेश, रमा भनेझैं उनीहरूको आफ्नै नाम छ भन्ने सोच्दैनौं । कुन शब्दले उनीहरूलाई धेरै सताउन सक्छ, तिनै शब्दमात्र सोचिरहन्छf}+ र मौका पर्नासाथ मुटुमा प्रहार गरिहाल्छौं । यो काम अत्यन्त अमानवीय छ । अब यस्ता शब्दहरू प्रयोग गर्न नपाइने भनी नियम बनिसकेको छ । कसैलाई पनि कसैको मानहानि गर्ने अधिकार छैन । अर्काको आत्मसम्मानलाई कुल्चिएर जथाभावी बोल्नु मानवता विरुद्धको पाप हो ।
अपांगता भएकाहरू आफूमा रहेको कमजोरीको कारण समाजको सामुन्ने एक्लिएको महसुस गर्छन् । कसैले केही भन्ला कि भनी सामाजिक कार्यमा पनि हिँड्न डराउँछन् । उनीहरूलाई यो पीडाको संसारबाट छुटकारा दिलाउन हाम्रो दृष्टिकोण फराकिलो हुनुपर्छ । उनीहरूलाई देखेर छि:छि: र दूरदूर गर्नुको सट्टा आत्मीय भावनाले प्रेम गर्दा उनीहरूलाई आफू पनि केही गरेर देखाउन आत्मबल प्राप्त हुन्छ । यो व्यक्तिमा अपांगता हुने र त्यो व्यक्तिमा नहुने भनी कतै पनि लेखिएको हुँदैन ।
जिन्दगीको कुनै मोडमा हामी पनि यसको सिकार हुन सक्छौं, जसको कुनै सुनिश्चितता छैन । त्यसैले समुदायमा आधारित पुन{स्थापनाको अवधारणालाई बुझेर जन्मजात अपांगता रोकथाम गर्नुका साथै अपांगता भएकाहरूलाई उनीहरूकै समाजमा सक्षम बनाउन हाम्रो गम्भीरता सहितको कदम उनीहरूका लागि जीवनको सकारात्मक परिवर्तनको आयाम बन्न सक्छ । बुद्धिजीवी वर्गले समाजमा यसबारे जनचेतना फैलाउन प्रभावकारी नेतृत्व गर्न सक्छन् ।
हामी अपांगता भएकाहरूको शत्रु नबनेर उनीहरूको मित्रुको रूपमा उभिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ । मुख्यतया घरको वातावरण भौतिक तथा भावनात्मक रूपमा अपांगतामैत्री हुनुपर्छ र विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक ठाउँ, बाटोघाटो, धार्मिक स्थल पनि यही विचारमा आधारित हुनुपर्छ । अपांगता भएकालाई अवरोध गर्ने tTjहरूलाई अनुसन्धान गरेर कसरी सहजीकरणको स्थिति सिर्जना गर्न सकिन्छ भन्ने परिकल्पनाले अपांगतामैत्री समाज रचना गर्न सहयोग पुग्छ ।

Leave A Reply

Your email address will not be published.