Rashtriya Yuva Jagaran
Online Digital News

मोरङको मनमोहन टेक्निकल प्रतिष्ठानबाट मनमोहनको १९ औं स्मृतिसभा

मोरङको मनमोहन टेक्निकल प्रतिष्ठान विश्वविद्यालय बन्ने सम्भावना

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

 

सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा माल्यार्पणप्रधानमन्त्री केपी शर्मा ओलीले । तस्बिर : ताजा खबर ।

विराटनगर, १६ वैशाख गते । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी १९ स्मृति दिवसमा प्रधानमन्त्रीसहित एमालेका वरिष्ठ नेताहरु मोरङको बुढीगंगास्थित मनमोहन टेक्निकल प्रतिष्ठानमा शनिबार जम्मा भएका थिए । नेपालको इतिहासमा प्रथम कम्प्युनिष्ट प्रधानमन्त्री अधिकारी भारतीय स्वतन्त्रता आन्दोलनबाटै प्रभावित भएपछि भारत छोड आन्दोलनबाट जेल परेपछि भारतीय कम्युनिष्ट नेताहरुको प्रशिक्षणबाट प्रभावित भई नेपालमा कम्प्युनिष्टको जग बसालेका थिए । तिनै नेताको १९ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
९ महिना प्रधानमन्त्री बनेका अधिकारीको मार्गचित्रकै आधारमा आज नेपाली कम्प्युनिष्टहरुले दुईतिहाई बहुमत प्राप्त गर्न समेत सफल भएका छन् । अधिकारीकै पालामा आएका कार्यक्रमहरुलाई नै प्रमुखताका साथ मुद्दा बनाएर आज प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सञ्चालन गरिरहेका छन् ।
नेपाली कम्युनिष्टको आन्दोलनमा मनमोहन अधिकारीले खेलेको भुमिकालाई अतुलनिय रहेको सो कार्यक्रममा औल्याईएको छ । मनमोेहनले शुरु गरेको अभियान नै अहिलेको नयाँ नेपाल निर्माणको आधार भएको औल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ग्रामिण बस्तीमा रहेर पनि मनमोहन पोलिटेक्निकले नमुना काम गरेको स्मरण गरे । मनमोहनको योगदान जति छ त्यो भन्दा पनि बढी काम मनमोहन पोलिटेक्निकले गरेर देखाउनु पर्नेमा अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो । प्रधानमन्त्री ओलीले भने प्राबिधिक शिक्षालयको नाममा धेरै प्रतिष्ठानहरु जन्मिएको भएपनि नाफामुखी भएका छन्, तर मनमोहन यस्तो बन्यो जो सँधै सेवाभावमा अघि बढेको छ ।’ मनमोहन टेक्निकललाई विश्वविद्यालय बनाउने आकांक्षासहितको अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले भने–प्राबिधिक विश्व बिद्यालयको अबधारणमा गईएसकेकोले अबस्था मापन गर्दै विश्व बिद्यालय बनाउने खालको पुर्बाधार मनमोहनमा रहेको बताउँदै अझ सक्रिय र प्रभावकारी बनाउँदै लग्न आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकमार नेपाल लगायतले मनमोहनको स्मरण गर्दै मनमोहनको सम्झना गरे ।
मनमोहन स्मृती प्रतिष्ठानका अध्यक्ष भरत मोहन अधिकारीले प्रतिष्ठानले सामाजिक क्षेत्रमा विपन्न लक्षित धेरे काम गर्दै गएको बताए । प्रतिष्ठानका सदस्य तथा करिब ५ करोडका घर तथा जग्गा दाता हरिप्रसाद शर्मा काफ्ले तथा कोषाध्यक्ष लक्ष्मी दास मानन्धरले अहिलेको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

आवर विराटनगरबाट

Leave A Reply

Your email address will not be published.