Rashtriya Yuva Jagaran
Online Digital News

पत्रकारमा माथि भएको दूरव्यवहारको महासंघ मोरङद्वारा भत्सरना

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

विराटनगर, वैशाख २० गते । ३३ किलो सुन तस्करी र सुन व्यवसायी सन शक्यको हत्या प्रकरणबाट तानिएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेस लोहनीले बुधबार अदालतमा उपस्थित गराउने क्रममा सञ्चारकर्मीमाथि दुव्र्यहार गरेको घटनाको पत्रकार महासंघ मोरङले भत्सर्ना गर्दै बुधबार विज्ञप्ति निकालेको छ ।

सुन तस्करी काण्डका नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सघाउने प्रहरीका पूर्व डीआईजीसहित बहालवाला एसएसपी, एसपी, डिएसपीसहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै थियो । जसमा २९ जनालाई अदालत ल्याइएको थियो । त्यसको रिपोटिङको शिलशिलामा उक्त दुव्र्यहार भएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाका सल्लाहकार समेत रहेका पत्रकार अनन्तराज न्यौपानेलाई गालीगलौजसहित अन्य पत्रकारमाथि लोहनीले हातपात समेत गरेर दुव्र्यहार गरेका थिए । लोहनीको दुव्र्यवहारको शिकार पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य ध्रव भट्टराई, पत्रकार अनिल श्रेष्ठ, सुमन सुस्केरा भएका थिए । उनीहरुलाई लोहनीले जताबाट जसरी भेटिन्छ त्यसरी नै प्रहार गरेको समचारहरु प्राप्त भएका छन् । लात्त, मुड्की त्यो नभए मुखमा जे आयो त्यही बोल्ने जिम्मेवार प्रहरी अधिकृतको दुव्र्यहारको जति खण्डन गरे पनि पुग्दैन जति भत्र्सना गरे पनि पुग्दैन ।
पत्रकार महासंघको विज्ञप्तिको पूर्ण पाठ
महासंघको बिज्ञप्ती


वैशाख १९ गते रिपोर्टिङका क्रममा जिल्ला अदालत मोरङ गएका संचारकर्मीमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । तस्करीको सुन गायव र सोही काण्डमा सनम शाक्यको हत्यामा मुछिएका नेपाल प्रहरीका निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसर भित्रै रिपोटिङका क्रममा पुगेका नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार अनन्तराज न्यौपाने, कार्यसमिति सदस्य ध्रुव भट्टराईसहित पत्रकार अनिल श्रेष्ठ र सुमन सुस्केरालगायतलाई अश्लिल गाली गलौज गर्दै लात्ती प्रहार गरेको घटनाको भत्र्सना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गम्भिर अपराध घटनामा मुछिएका अभियुक्तले अदालत परिसरभित्रै पत्रकारमाथि गरेको दुव्र्यवहार र आक्रमणको प्रयास प्रेस स्वतन्त्रता माथिको हमला हो, विज्ञप्तीमा भनिएको छ । सो निन्दनीय घटनाको घोर भत्र्सना गर्दै स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषणको वातावरण तयार गर्न र संचारकर्मीमाथि दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गर्ने अभियुक्त लोहनी माथि थप कारबाही गर्न सरकारसँग महासंघले जोडदार माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.