Rashtriya Yuva Jagaran
Online Digital News

सुनसरी चतराका महिला फुटबल खेलाडीले पाए गोल नेपालको फुटबल

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

इटहरी, वैशाख २० गते । सुनसरीको बराहक्षेत्र चतरामा क्रियाशिल माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको प्रशिक्षणमा राखेका महिला फुटबल खेलाडीलाई एक कार्यक्रमबीच गोल नेपाल डट कमले फुटबलसहित खेलकुद सामग्री बुधबार वितरण गरेको छ ।
कोकाकोला कप छात्रा अन्तर विद्यालय क्षेत्रीय फुटबल प्रतियोगितासहितमा पूर्वाञ्चल च्याम्पियन भईसकेको उक्त महिला टिमलाई १० थान इन्डिस्ट्रक्टेबल फुटबलसहित खेलकुद सामग्री वितरण गरिएको हो । क्लबका उपाध्यक्ष जितेन्द्र राईको सभापतित्वमा आयोजित कार्यक्रमबाट उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा समाजसेवी चन्द्र बहादुर थापामगर प्रमुख अतिथि रहेका थिए भने सन्तोषी थापा, सुबधन राई, यमबहादुर तामाङ, चतुरहाङराईलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.