Rashtriya Yuva Jagaran
Online Digital News

भारतीय प्रधानमन्त्री मोदिको सम्मानमा सार्वजनिक बिदा

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, वैशाख २१ गते । २ नम्बर प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुग्ने दिन उनको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले भारतीय प्रधानमन्त्री मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतले मोदिको सम्मानसँगै आम समुदायलाई जनकपुर आउन सजिलोको लागि बिदा दिने निर्णय गरेको बताएका छन् ।
मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट मानिसहरू पठाउन निर्देशन दिइएको पनि बताए।
बिहारको पटनाबाट हेलिकप्टरबाट मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ। जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा उनलाई नागरिक अभिनन्दनन गरिनेछ।
यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो।

Leave A Reply

Your email address will not be published.