Rashtriya Yuva Jagaran
Online Digital News

सडक बिस्तारमा फेरी कचिंगल

सडक बिस्तारको मापदण्डमा एकरुपताका निम्ति इटहरीबासी आन्दोलित

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

इटहरी (सुनसरी), वैशाख २४ गते । सहर सफा चाहिन्छ, ठूलो चाहिन्छ । बाटोघाटो, पुुलपुलेसा, खोला नाला सबै सफा र हराभरा हामीलाई चाहिन्छ तर त्यसको लागि बनेका संरचना नभत्काई, नबिगारी, आफ्नो सम्पत्ति जोगाएर होस् भन्ने चाहना जो कोहीलाई हुने गर्दछ । यद्यपि विकास निर्माणको विषयमा कसैले बाधाविरोध गर्नुहुन्न भन्ने मान्यता पनि समाज रहेको छ । यसैको चपेटामा परेको छ यतिखेर कोशी लोकमार्ग अन्तर्गत विराटनगर–इटहरी–धरान सडक बिस्तार आयोजना ।

कुनै पनि परियोजनाका निम्ति सरकारको एउटै नीति र लक्ष्य पनि देखिँदैन । बजार र पहुँचका आधारमा सडक बिस्तार गर्ने दैध चरित्र र स्वार्थबाट अभिप्रेरित भएर गरिएका सडक बिस्तारले कहिँ न कहिँ कुनै कुनै रुपबाट बिवाद खडा गर्छ र गरिरहेकै छ ।
कहिँ बीचभागबाट १५–१५ फिटको दुरीबाट बाटो बिस्तार गर्ने त कहिँ ८२ फिट कायम गर्ने विषयले यतिखेर इटहरीबासी समेत आन्दोलित भएका छन् । आन्दोलनमा रहेका स्थानीयबासीले नीति नियममा एक रुपता हुनुपनेृ, मुआब्जा पाउनुपर्ने, बाटो निर्माणमा एकरुपता हुनुपर्ने, सबैतिर एउटै मापदण्ड कायम हुनुपर्नेलगायतका मागहरु राखेका छन् ।

२०४८ सालमा राजपत्रमा प्रकाशित सूचनाले विराटनगर सहर क्षेत्र भित्र सडक बीच भागबाट १५–१५ मिटर सडक सिमा तोकेको छ । सोही बमोजिम सडक बिस्तार हुँदै आएको उनीहरुको भनाई रहेको छ । सोही आधारलाई अनुशरण गर्दै इटहरी बजार क्षेत्रको निकट दक्षिण सिमासम्म पनि लगभग १५–१५ मिटर नै सडक बिस्तार हुँदै आएको देखिन्छ । इटहरी बजार सो भन्दा माथि तरहरा बजारसम्म भने सडक सिमा भन्दा दायाबायाँ ८२ फिट कायम गर्दै आएको र बजारमा पनि सोही अनुसार नक्सा रहेको सडक बिस्तार आयोजनाले बताउँछ ।

Leave A Reply

Your email address will not be published.