Rashtriya Yuva Jagaran
Online Digital News

इटहरीमा कारा थिएटर सञ्चालन

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

इटहरी, वैशाख २४ गते । इटहरी सहरमा किराँत सांस्कृतिक कला केन्द्र (कारा) थिएटर शनिबारदेखि सञ्चालन भएको छ ।
विभिन्न जनजातिहरुको मिश्रित बसोबास रहेको पूर्वी नेपालका जातिय पहिचान बोकेका कला संस्कृतिको जर्गेना नृत्य तथा नाटकमार्फत गर्ने गरी उक्त थिएटर सञ्चालनमा आएको हो ।
उक्त थिएटरका सञ्चालक तथा संयोजक स्थापित उक्त थिएटरको उद्घाटन उक्त थिएटरका प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य सुधन किराँतीले गरेका थिए।
कला केन्द्रको माध्यमबाट मुलुकमा रहेका राई, लिम्बु, तामाङ, चौधरी, नेवारलगायतका जातजातिको भेषभुषा, कला, संस्कृति र नृत्यहरुलाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना सहित उक्त थिएटर स्थापना गरिएको केन्द्रका संयोजक ज्ञान किराँती बताउँछन् । कला केन्द्रको सञ्चालनले जातिय कला संस्कृतिलाई जर्गेना गर्न मद्दत पु¥याउने कार्यक्रमका प्रमुख अतिथी सुधन किराँतीले कार्यक्रममा बोल्दै बताए ।

दिपक कार्की

Leave A Reply

Your email address will not be published.