Rashtriya Yuva Jagaran
Online Digital News

धर्मगुरु श्रीनिवास आचार्य काठमाडौंबाट पक्राउ, सिराहामा एक युवाको गोली हानी हत्या

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

अज्ञात समूहले गोली हानी एक युवकको हत्या
सिराहा । अज्ञात समूहले गोली प्रहार गरी सिराहामा एक युवाको हत्या गरेका छन् । सिराहा जिल्लाको अर्नमा गाउँपलिका १ बुढियाचामका २२ वर्षीया धमेन्द्र सिंहको गोली हानी हत्या भएको हो ।  स्थानीय किराना पसलमा बसिरहेको अवस्थामा तीन जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुको समूहले मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली हानी हत्या गरेर फरार रहेको बताइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विराटनगर, २४ वैशाख । आफैले गोली हान्न लगाएको आरोपमा धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१४ जतुवामा चैत्रको अन्तिम साता श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा नं. ६ चक्रघटी बस्ने श्री निवास आचार्य माथि राति १ बजे गोली प्रहार भएको थियो ।
सो घटनाका सन्दर्भमा हिन्दुमाथि आक्रमण भन्दै विभिन्न नाराजुलस समेत भए अन्ततः प्रहरीको अनुसन्धानबाट उनी आफैले बन्दुक र गोली दिएर गोली हान्न लगाएको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरी विराटनगरमा सार्वजनिक गरिएको छ ।
घाइते अवस्थादेखि विराटनगरको न्युरो अस्पतालको आइसियु उपचार कक्षमा उपचार गराईरहेका आचार्य काठमाडौं पुगेको कसैलाई पत्तै थिएन । तर प्रहरीको अनुसन्धानमा उनी आफैले गोली हान्न लगाएको प्रमाणित भएपछि काठमाडौंबाट पक्राउ गरेको हो ।
बिराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका श्रीनिवासाचार्यलाई सोमबार सार्बजनिक गरिएको हो । गोली हानेको आरोपमा पक्राउ परेका लक्ष्मीराज अधिकारी र माधव चौधरीको बयानका आधारमा आचार्यलाई पक्राउ गरेको हो ।
घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित बिशेष प्रहरी अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो, १ नं. प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी ईकाई कार्यालय धरान तथा जि.प्र.का. मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य ब्यक्ति प्रयोग गरी गोली हानेको पाईएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
पक्राउ परेका भरतपुर ४ बेल चोक बस्ने बर्ष २९ को माधब चौधरीले प्रहरीलाई दिएको बयानका आधारमा श्रीनिवास आचार्यले गोली हान्न सिकाई धर्म र देशको लागि केहि गर्नुपर्छ भनी निजले नै उक्साई गोली सहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएको बिसीले जानकारी दिए ।
त्यस्तै नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ को खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीले प्रहरीलाई दिएको बयानमा उनले घरमा राखेको गोली सहितको पेस्तोलले श्री निवास आचार्यले भने पछि आफुले घरमा राखेको गोली सहितको पेस्तोलले आचार्यलाई हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हिन्दु राज्य कायम गर्नको लागि बिभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्मगुरूहरूलाई उक्साउनको लागि गुरू श्रीनिवास आचार्यले आफ्ना बिश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली सहित हतियारको ब्यवस्थापन गर्न लगाई गोली समेत हान्ने मानिस माधब चौधरीलाई खोजी प्रशिक्षण गराई उक्त घटना घटाएको प्रहरीले पुष्टी गरेको छ।

Leave A Reply

Your email address will not be published.