Rashtriya Yuva Jagaran
Online Digital News

दुखद घटनाबाट स्थापित भएको बक्लौरीको विद्यालयको एघारौं स्मृति दिवस

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

इटहरी, वैशाख २८ गते । अत्याधिक शुल्क लिएर व्यवसायिक शिक्षाको विकासमा जोड दिइरहेका बेला दुखद् घटनाले जन्मिएको बक्लौरीको एक विद्यालयले निःशुल्क अंग्रेजी भाषाको शिक्षा दिएको ११ औं स्मृति तथा स्थापना दिवस मनाएको छ ।
२०६३ सालमा विद्यालय जाँदै गरेका १३ बालबालिकाको टेम्पो नहरमा डुबेर अकल्पनीय र दुःखद निधन भएको थियो । २०६४ सालमा तिनै निधन भएका बालबालिकाको नामबाट रामधुनी–६ ७२ विगाहामा ‘तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय’ निःशुल्क र अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरी स्थापना भएको थियो । जुन विद्यालयले ११ औं स्मृति, विद्यालय स्थापना तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बक्लौरी ७२ विगाहामा स्थापित विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित सो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।


रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमबाट विद्यालयलाई सहयोग पु¥याउने दाताहरु, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य तथा फेशन शोसमेत प्रस्तुत गरेका थिए ।उक्त विद्यालयको स्तरीय बढाउन अथक मेहनत र परिश्रम गरी अत्यन्तै प्रभावकारी रुपमा विद्यालयलाई अगाडि बढाउने श्रेय भने उक्त विद्यालयका प्राध्यापक सुनिल तिम्सिनालाई गएको छ । तिम्सिनाको प्रयासले उक्त मृतक बालबालिकाको पहिचान कायम भएको छ । यद्यपि उक्त विद्यालय नेपाल सरकारले स्थापना गरिदिएको हो ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत उक्त विद्यालय र विद्यालयका प्राध्यापक सुनिलको निकै प्रशंसा भएको छ । फेसबुकमा स्टाटस राख्दै विवेक रेग्मी लेख्छन– शिक्षाप्रतिको यो लगाव र योगदानले एक कुशल उदाहरणीय पात्रको रुपमा सुनिल तिम्सिना स्थापित छन् ।

Leave A Reply

Your email address will not be published.