Rashtriya Yuva Jagaran
Online Digital News

बाल विवाह भएकी १३ वर्षीया बालिकाले छोरी जन्माएपछि घर निकाला

सहयोग गर्न आमा बनेकी बालिकाको आग्रह

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

युवा जागरण संवाददाता
इनरुवा (सुनसरी), वैशाख ३० गते । एक वर्षपहिला सिरहाको गोलबजारका प्रकाश मरिकसँग बालविवाह गरेकी १३ वर्षीया बालिकाले छोरी जन्माएपछि श्रीमान्सहित परिवारले घर निकाला गरेका छन् ।
छोरीको आमा बनेपछि घर निकाला गरिएकी बालिका ममता मरिक बच्चास माइति इनरुवाको शरणमा आए पनि मजदुरी गरेर खाने बाबुआमाले उनीहरुको संरक्षण गर्न सकिरहेका छैनन् । सुत्केरी आमाको स्याहार, सुसार र रेखदेखमा भएको कमीले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यप्रतिकूल बन्दै गईरहेको छ ।
काखमा रहेको बच्चा हेर्दै माया लाग्दो छ । स–साना हात खुट्टा भएको बच्चा कुपोषित छ । बच्चालाई काखमा लिने अरु कोही छैन् । बच्चाको आमा १३ वर्षीया ममता आफै बच्चा छिन् । उनलाई मातृत्व के हो ? भन्ने हेक्कै छैन । बच्चाको स्याहार सुसारको विषय त निकै टाढाकै भयो । बच्चा समात्न आउँदैन, दुध खुवाउन आउँदैन । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त नभएको बताउँछन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् ।
छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको, खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफुलाई श्रीमान् सहित परिवारका सदस्य मिलेर घरबाट लखेटिएको बताइन् । घरपरिवारबाट अपहेलित र हिंसाको शिकार बनेकी ममता माइतीको शरणमा पुगेपनि दयनिय अवस्थाका बाबुआमासँग केही गर्ने सार्मथ्य छैन् । बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् । रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुर्जिएकी आमालाई मात्र हैन् कुपोषित रहेको बच्चा दुवै बाँच्छन् बाँच्दैैनन् अन्यौलकाबिच उनिहरुलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले भर्ना गरेको बताए । अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएपनि डिस्चार्ज पश्चात्को अवस्था यकिन गर्न भने नसकिने जनाएको छ । अस्पतालले भर्ना भएदेखिको अवस्थाबाट नै १३ वर्षिया आमा र उनको सानो नानीको उपचार निशुल्क गर्दै आएको जनाएको छ । बालबिवाहकै कारण संकटमा परेको ममता मरिकको जीवन उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप समस्यामा परेको छ । आफु र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी १३ वर्षिया बालिका आमा ममताले आफुलाई श्रीमान र परिवारको साथ दिलाइदिन सरोकारवाला समक्ष गुहार मागेकी छिन् ।

Leave A Reply

Your email address will not be published.