Rashtriya Yuva Jagaran
Online Digital News

सामान ढुवानीमा ट्रान्सपोर्ट कम्पनीको लापरवाही

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

युवा जागरण संवाददाता
विराटनगर (मोरङ), वैशाख ३१ गते । इटहरीबाट महँगो शुल्क तिरेर काठमाडौं पठाइएको सामान टुटफुट भएपछि त्यसको क्षतिपूर्ति ट्रान्सपोर्ट कम्पनीले नदिएको पीडित पक्षले आरोप लगाएका छन् ।
इटहरीमा कार्यलय रहेको कृष्ण ट्रान्सपोर्ट कम्पनीबाट २७ सय रुपैयाँ तिरेर काठमाडौं लगिएको स्कुटर भाइजर र लुकिङ ग्लास टुटफुट भई ३ हजार बराबरको क्षति भएको सो क्षति भएको रकम दिन आनाकानी गरेपछि प्रहरीसम्म निवेदन लिएर पुग्दा पनि न्युन क्षतिपूर्ति मात्र पाएको बताएका छन् ।
ट्रान्सपोर्ट कम्पनीको गैरजिम्मेवारी ढंगले टुटफुट सामान जिम्मेवारी कम्पनी हुँदैन भनेपछि प्रहरीसम्म पुगेको र स्वयम्भु प्रहरीको रोहवरमा पनि सामान्य क्षतिपूर्ति अर्थात ११ सय मात्र क्षतिपूर्ति पाइएको गुनासो गरेका छन् ।
पीडित राई भन्छन– ट्रान्सपोर्ट कम्पनीमा लाखौं त के करोडौंको सामान ढुवानी गर्दा हराएको बाहेक टुटफुटको त कुरै छाडौ चोरी भएमा पनि क्षतिपूर्ति नपाईने कुराले आफूलाई हतोत्साहित बनाएको बताउँछन् । उनी भन्छन– के संसारमा ट्रान्सपोर्ट कम्पनीहरु यसरी नै चलिरहेको छ त ? कि नेपालमा मात्र हो ? माल–सामानको बिना बिमा ट्रान्सपोर्ट कम्पनीहरु कसरी दर्ता भयो ? किन त्यसमा नेपाल सरकार गम्भीर नभएको ?
क्षतिपूर्ति भन्दा न्युन रकम दिलाउन सरकारी निकाय नै फितलो भएपछि मेरो के लाग्छ ? राई भन्छन– यो एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता धेरै विषयहरु छन होला कि हामी नेपाली जनताहरु कति ठगिएका छौ होलान ? सम्बन्धित निकाय अर्थात नेपाल सरकारको ध्यानाकर्षण रहोस् ।

Leave A Reply

Your email address will not be published.