Rashtriya Yuva Jagaran
Online Digital News

मलमासमा नवविवाहित जोडी एकै ठाउँ बसे के हुन्छ ?

  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

विराटनगर (मोरङ), जेठ २ गते । यो जेठ महिना मलमासको महिना हो । यो महिना नवविवाहिता जोडीले धेरै ख्याल पु¥याउनु पर्ने शास्त्रमा उल्लेख छ ।
नव विवाहीता जोडीले विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने किम्वदन्ती कथाहरूमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता हाम्रो लोक परम्परा रहिआएको छ । यसका साथै मलमासमा श्राद्ध तथा पितृकर्म र शुभ मूर्हुतका कुनैपनि कर्म गर्नु हुदैन जस्तो विवाह, व्रतवन्ध, चूडाकर्म, महारुद्रि, शतचण्डी, गृह प्रवेश, गृहारम्भ, नयाँ कार्यको थालनी, गर्भाधानआदि कर्म निषेध गरिएको छ ।


हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् ।
यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ ।
यसअवधिमा दिनमा सबै मांगलिक कार्य भने गरिन्छ । सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीपछि पर्ने दिनलाई मलमास भनिन्छ ।
सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्नेछ ।
यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा मानिन्छ । मलमासमा दान गर्ने परम्परा छ ।
साथै यस समयमा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता पनि छ ।
मूलतः यस अवधिमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डीसहित शुभ मूर्हुतका गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ नगर्न शास्त्रमा उल्लेख छ ।
अधिक मासमा नव विवाहित दम्पत्तिलाई अलग बस्न प्रेरित गरिन्छ ।
दैनिक विहान बेलुकाको पूजा र पुरुषोत्तम पूजा र कथा श्रवण भने गर्न मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस अवसरमा काठमाडौंको कीर्तिपुरस्थित मच्छेनारायणमा मेला लाग्ने गर्दछ।

अधिक मासमा के गर्नु हुन्छ रु के गर्नु हुदैन ?

गर्न हुने कार्य:
वार्षिकी कार्य
दैनिक नित्य कर्म सधै गरेर ल्याइएका कर्म जस्तो दैनिक विहान बेलुकाको पूजा ।
पुरुषोत्तम पूजा कथा श्रवण

गर्न नहुने कार्य:
श्राद्ध तथा पितृकर्म
विवाह व्रतवन्ध, चूडाकर्म
सप्ताह, नवाह, महारुद्रि, शतचण्डी
शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश , नया कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्नु अशुभ मानिन्छ ।
अधिक मासमा विवाह गरेमा गृह सुख हुदैन गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ । नव विवाहित दाम्पत्तीहरूका लागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ ।
विभिन्न अनलाईनबाट

Leave A Reply

Your email address will not be published.