Rashtriya Yuva Jagaran
Online Digital News

चितवन कांग्रेसका युवा नेता खनालको निधन

  •  
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

युवा जागरण संवाददाता

चितवन, जेठ ३ गते । चितवन कांग्रेसका युवा नेता रुपेशचन्द्र खनालको अल्पायुमै निधन भएको छ । ३२ वर्षीय खनालको बुधबार बेलुका मष्तिष्कघातका कारण चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको हो । नेवि संघका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल कांग्रेस पार्टीमा रहेर सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनी चितवनमा युवाहरू माझ निकै लोकप्रिय थिए । वीरेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ पुर्वअध्यक्ष लगायत हाल उनी जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । केही वर्ष उनले सञ्चारक्षेत्रमा काम गरे । सञ्चारक्षेत्रमा उनी सबैसँग सन्तुलित भूमिकामा रहि आफूलाई नेवि संघ एवम् कांग्रेसको राजनीतिमा स्थापित गर्न सफल बने ।
भरतपुर महानगरपालिका–१७ शारदानगर घर भएका रुपेशचन्द्र खनाल मिलनसार र निडर युवा नेता थिए । उनको निधनले कांग्रेस र चितवनका जनतालाई ठुलो क्षति पुगेको अनुभूति स्थानीयले गरेका छन् । कांग्रेस, नेवि संघ लगायतका विभिन्न संघ–संस्थाले खनालप्रति समवेदना ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनलाई चिन्ने, जान्ने र चितवनवासीले श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.