Rashtriya Yuva Jagaran
Online Digital News

नमूना बस्तिको लागि उर्लाबारी नपालाई मोसुको एक लाख सहयोग

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

इटहरी, जेठ ५ गते । २०७४ सालको साउनको अन्तिम साता आएको अविरल वर्षाबाट क्षति पुगेका बाढीपहिरोका लागि मोरङसुनसरी सेवा समाजको प्रवास शाखा कुवेतको संयोजनमा संकलित रकम वितरण कार्य सम्पन्न भएको छ ।
मोसु कुवेतले कुवेतमा स्थापित खोटाङ कुवेत सम्पर्क मञ्च, किँरात राइ यायोख्खा कुबेत, भोजपुर सेवा समाज कुबेत, सुदुरपश्चिम सेवा समाज कुबेत र माउन्टेन स्पोर्टिंग क्लब कुबेतबाट संकलित रकमलाई मोरङसुनसरी सेवा समाजको केन्द्रीय कार्यालयले व्यवस्थित ढंगले चरणबद्ध रुपमा वितरण गर्दै उर्लाबारी नगरपालिकाको वडा नं. ८ का बाढीपीडित सन्थाल बस्तिमा निर्माण हुन लागेको ‘नमूना बस्ति’ परियोजनाका निम्ति बाँकी रहेको ७० हजारमा संस्थाले थपेर एकलाख बनाई हस्तान्तरण गरिएको हो ।
उर्लाबारी नगरपालिकाकाले वडा नं.८ को बाढी प्रभावित सो बस्तिलाई ‘नमूना बस्ति’ बनाउने उद्देश्य अनुरुप काम थालेको हुनाले सो कार्यमा सहयोग पु¥याउँन बाढीपीडितको लागि मोसुको खातामा बाँकी रहेको रु.१,००,०००।– अक्षरेपी एक लाख रुपैयाँ एक कार्यक्रमबीच वैशाख २१ गते उर्लाबारी नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममार्फत उर्लाबारीका नगरप्रमुख खड्ग फागोलाई हस्तान्तरण गरिएको हो । मोरङसुनसरी सेवा समाज कुवेत शाखाका अध्यक्ष अरुण लिम्बु, महासचिव उमेश फुयालसहित केन्द्रीय अध्यक्ष रामनाथ भण्डारी, पूर्व अध्यक्ष तथा सल्लाहकार बद्रीप्रसाद बिमली, गोकुलबहादुर थापासहित मोसु सदस्यहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए । कुवेत शाखा अध्यक्ष लिम्बु र केन्द्रीय अध्यक्ष रामनाथ भण्डारीले उक्त रकम हस्तान्तरण गरेका थिए ।
साउनको अविरल वर्षाबाट भएको क्षति न्युनिकरण तथा राहत सहयोगको लागि मोरङसुनसरी सेवा समाज केन्द्रबाट प्रवास शाखालाई सहयोग संकलन गर्न गरिएको आग्रह बमोजिम मोसु कुवेतबाट ढिलागरी प्राप्त रकमलाई चरणबद्ध रुपमा वितरण गरिँदै आएको हो ।
क्षति भएकै दिन अर्थात साउन २९ गते सुनसरी र मोरङका केही ठाउँमा आपतकालिन राहत उपलब्ध गराउँदा नै प्रवासबाट आउने रकम संकलन भईनसकेकोले केन्द्रको खाताबाट खर्च गर्ने गरी राहत वितरण गरिएको थियो । साउन २९ गते इटहरी नगरपालिका, राधाकृष्ण मन्दिर, कृष्ण प्रणामी प्रतिष्ठान र सुन्दरहरैंचा ९ सुकुम्बासी टोलका करिब ५०० पाँच सय घर परिवारलाई आपतकालिन खाद्यान्न तथा लत्ताकपाडा उपलब्ध गराइएको थियो ।
यसैगरी भदौ २० गते रतुवामाई नगरपालिका–५ गोविन्दपुरमा बक्राहा खोलाले क्षति पु¥याएका स्थानीयबासी र सोही दिन अहिले नमूना बस्ति बन्दै गरेको उर्लाबारी–८को दुर्गापुरीका सन्थाल बस्तिका परिवारलाई म्याट्रेस तथा खाद्यान्न वितरण गरिएको थियो ।
यसैगरी भदौ २३ गते मोरङ उत्तरीभेग केराबारी–५ र ६ का बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरिएको थियो । यस्तै भदौ २५ गते सुन्दरहरैंचा नगरपालिका–२ गोलापारासी निवासी असहाय ९० वर्षीया बृद्धाको घर निर्माण गरी सोही वडाको मझुवाका बाढी पीडित परिवारलाई म्याट्रेस र खाद्यान्न वितरण गरिएको थियो ।
यस्तै माघ १७ गते इटहरी नगरपालिका वडा नं। ४ र ९ का बाढीपीडित परिवारलाई खोटाङ कुवेत सम्पर्क मञ्चका वरिष्ठ सल्लाहकार रेवती भट्टराई , मोसु कुवेतका महासचिव उमेश फुयाँलको उपस्थितिमा राहत वितरण गरिएको थियो । यसैगरी सोही दिन केराबारी गाउँपालिका वडा नं। ७ का बाढीपहिरो पीडितलाई समेत राहत वितरण गरिएको थियो ।
यसैगरी माघ २० गते केराबारी– ९ देवीझोडाका बाढीपीडित परिवार र अन्य सुनसरी र मोरङका छुटफुट तर राहत दिनै पर्ने परिवारलाई राहत वितरण गरिएको थियो ।
सो राहत वितरणबाट बाँकी रहेको रु।१,००,०००।– रुपैयाँ २०७५ वैशाख २१ गते उर्लाबारी नगरपालिकाको परियोजना नमूना बस्ति निर्माणका लागि हस्तान्तरण गरेर २०७४ सालको बाढीपीडित परिवारको लागि संकलित रकमलाई टुंग्याइएको हो । वितरित राहत रकम केन्द्रदेखि प्रवास शाखा कतार, बहराई, कुवेतबाट संकलित रकम थियो ।
मोरङसुनसरी सेवा समाज सामाजिक अभियानमा संस्थालाई समाजप्रति उत्तरदायी बनाउन अहोरात्र लागि परेको छ । मोरङसुनसरी सेवा समाज देशदेखि विदेशसम्मका मोसुबासीको हितमा उपयोग हुँदै आएको छ । प्रवासमा मोसुका शाखाहरु भएका देश कतार, बहराईन, कुवेत, जापान, युएई, ओमनमा रहेका मोसुबासीलाई परेका समस्याहरुमा संस्थाले सकेसम्मको सहयोग प्रदान गर्ने र संस्थागत सदस्यता बढाउने काम समेत गर्दै आएको छ ।
स्वदेशभित्र आइपरेका विविध समस्याहरुलाई विभिन्न दैविक विपत्तिदेखि प्राकृतिक प्रकोपका कारण पिडामा परेका मोसुबासीहरुलाई निरन्तर सकेसम्मको सहयोग पु¥याउँदै आएको संस्थाले मोरङ र सुनसरी जिल्लाका विभिन्न गाउँहरुमा आँखाका रोगीहरुको पहिचान र मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा सेवा दिँदै आइरहेको छ । यसका अलवा प्राणघातक रोग लागेर उपचार गराईरहेका असहायहरुलार्ई उपचार खर्चमा समेत सहयोग गर्दै पैसाकै कारणले कसैको ज्यान जान नपाओस् भन्नेमा संस्थागत सजगताका साथ लागि पर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.