Rashtriya Yuva Jagaran
Online Digital News

नेपाली कांग्रेस एक सुत्रिय एजेन्डामा जनतामाझ जाने

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

युवा जागरण संवादाता
इनरुवा, जेठ ५ गते शनिबार । नेपाली कांग्रेसले निर्वाचन समिक्षासहित पार्टीभित्र लामो समयदेखि खाली रहेका पदपुर्तिपछि अब एकसुत्रिय रुपमा पार्टीको संगठनलाई मजबुत बनाउन जनतामाझ जाने भएको छ ।
प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता सांसद राजिव कोइरालाको अध्यक्षतामा इनरुवामा शुक्रबार आयोजित भेला तथा बैठकलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदारले उक्त कुरा बताएका हुन्।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका उपनेता समेत रहेका गच्छदारले अब कांग्रेस उद्देश्यमूलक ढंगले गाउँ तथा सहर पस्ने बताएका हुन् । गच्छदारले संगठन बिस्तार, सुदृढिकरण र जनसेवा एकमात्र लक्ष्य र उद्देश्य लिएर हिंडने हुँदा सोही अनुसार गर्न निर्देशात्मक अभिव्यक्ति दिएका हुन् । नेता गच्छदार कार्यक्रमलाई सम्बोधन गर्दै भने– काङ्ग्रेसले आफुलाई शसक्त बनाउनका लागि काङ्ग्रेसका सम्पूर्ण भातृ सङ्घ संस्थाहरुलाई समेत सक्रिय तुल्याउँदै जानुपर्छ ।
सो कार्यक्रममा कांग्रेसका जिल्ला तथा क्षेत्रीय नेताहरु प्रदिप चौधरी, जिल्ला पार्टी सचिवहरु केदार भण्डारी, सुजेन्द्र गोले एवम् पंकज महतो, ताहिर अन्सारी, गोविन्द दर्नाल, राजदीप लामा, चन्देश्वर चौधरी, प्रितनारायण चौधरी, प्रेम भट्टराईसहित
क्षेत्रीय सभापतिहरु सुरेशमान श्रेष्ठ, श्यामलाल मेहता, सत्यनारायण चौधरी, दु्हवी नगर प्रमुख वेदनारायण गच्छदार, महिला संघ सुनसरी सभापति विजया कटुवाल, शिक्षक संघका सभापति वेनु सिग्देल, दलित संघका सभापति मदन खत्वे, सांस्कृतिक संघका सभापति जगदिश मेहता लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

यद्यपि नेपाली कांग्रेसभित्र उठेका पार्टी सञ्चालन, राज्य सञ्चालन र नेतृत्व पंक्तिमाथि उठेका प्रश्नको निराकरण नगरी फेरी उस्तै सिद्धान्त र लक्ष्यविहिन अवस्थामा विभाजित मनस्थितिबाट जनतामाझ जाँदा झनै अप्ठेरो नहोला भन्न सकिन्न । साच्चिकै संगठन बिस्तारै गर्ने हो भने अब कांग्रेसका ठोस नीति तथा सिद्धान्तको किटानीसहित एकताको माला लिएर जनतामाझ गए मात्र उनीहरुले स्वागत गर्नेछन् । हिजोकै जस्तो ढुलमुले सत्ता लिप्सा राजनीतिमै केन्द्रीत भई फेरी जनता झुक्याउन कै लागि मात्र जाने हो भने उद्देश्य परिपूर्ति गर्न निकै सकस पर्ने विश्लेषणकहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.