Rashtriya Yuva Jagaran
Online Digital News

धरानमा सामूहिक साकेला उभौली भव्य रुपमा मनाइँदै

  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

धरान, जेठ ६ गते । किरात राईहरुको परम्परागत संस्कृति साकेला पर्व उभौली किरात राईहरुले यसपटक पनि संस्थागत रुपमा मनाउने निर्णय अनुसार भव्य रुपमा साकेला पर्व मनाइँदैछ ।
प्रकृति पुजक किरात राईहरुको मंसिरे पूर्णिमामा उद्यौली र वैसाखे पूर्णीमा उभौली चाड मनाउने परम्परा रहको छ । सोही अनुरुप यही वैसाख २७ पूर्णिमाको दिनदेखि २० दिनसम्म सामुहिक रुपमा सुनसरीका विभिन्न स्थानमा साकेला पर्व उभौली भव्यताका साथ मनाउन किरात राईहरुको संगठन किरात राई यायोख्खा सुनसरीले सम्मेलन गरी सामूहिक सांस्कृतिक पर्व मनाउन आब्ह्वान गरेको थियो । विशेष गरी किरात राईहरुको भाषा, संस्कृति, पहिचानलाई प्राथमिकतामा राखेर मनाउदै आएको साकेला पर्व यस बर्ष भने किरात राईहरुको ऐतिहासिक क्षेत्र धरान १४ विजयपुरमा रहेको बुद्धिकर्ण राईको दरबारक्षेत्रको संरक्षणलाई समेत बढी प्राथमिकतामा राखेर यस बर्षको साकेला उभौली पर्व मनाइँदै गरेको किरात राई यायाख्खाकी सुनसरी अध्यक्ष कमला राई बताउँछिन् । सो क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्विक क्षेत्र मासिदै गएको, त्यहा रहेका वन जंगल मासिदै गएकोप्रति चिन्तित बन्दै भविष्यमा त्यस स्थानमा बुद्धिकर्ण राईको दरबार बनाउने योजना रहेको समेत अध्यक्ष राईले बताईन् ।
विगतदेखि नै चार किरात यसको संरक्षणमा लागेको बताउदै पछिल्लो समय विकासको नाममा त्यस क्षेत्रको विनास हुदै गएको प्रति यायोख्खा सुनसरीले चिन्ता समेत व्यक्त गरेको छ ।
विगतमा छुट्टाछ्ट्टै मनाइने गरेको यो पर्व अहिले एकै थलोमा उभिएर सामुहिक रुपमा यो पर्व मनाउन थालेका हो । सामुहिक रुपमा पर्व मनाउँदा त्यसको प्रभाव बढी हुने उनीहरुको बुझाई छ । २०४५ सालमा स्थापना भएको किरात राई यायोख्खाले आफ्नो पहिचान र सास्कृतिक अभियानका रुपमा २०५७ सालमा राष्ट्रिय स्तरमै पहिलो पटक वृषमान जसरानी साकेलासिली प्रतियोगिताको आयोजना गरेसंगैे सामुहिक रुपमा मनाउन थालिएको यो पर्व यस बर्ष पनि सामुहिरुपमा मनाईरहेको साकेला उभौली २०७४ प्रचार प्रसार समितिका संयोजक उपेन्द्र चाम्लिङ्ग बताउँछन् ।
उनीहरुले यसरी सामुहिक रुपमा ढोल झ्याम्टासहित नाचिएको साकेला सिली नाचले किरातहरुको राजनीतिक मुद्दालाई समेत बल पुग्ने उनीहरुको ठम्याई रहेको छ ।
सुनसरीव्यापी आयोजना हुन लागेको यो पर्व जेष्ठ १४ गते सम्पन्न हुने साकेला पर्व जेष्ठ १३ गते सुनसरी स्तरीय साकेला सिली प्रतियोगिताको आयोजना गरिने र अन्तिम दिन सुनसरीको भरौलमा वृहत साकेला नाचको प्रदर्शनसंगै समापन हुने आयोजकले बताएको छ ।

Leave A Reply

Your email address will not be published.