Rashtriya Yuva Jagaran
Online Digital News

अमेरिका जान मुख्यमन्त्री राउतलाई रोक

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, जेठ ७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट विवादित बनेका प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले तत्काल अमेरिका जानबाट रोकेको छ ।
बजेट तथा नीति निर्माण भईरहेको हुँदा मुख्यमन्त्री राउतलाई अमेरिका जानबाट रोग लगाईएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरमा अभिनन्दन गर्ने क्रममा कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएकोले मुख्यमन्त्री राउत आलोचित बनेका छन् ।
मुख्यमन्त्र िराउतलाई अमेरिकामा जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन अफ अमेरिका नामको एनजीओको कार्यक्रममा सहभागी हुन प्रदेश २ मन्त्रिपरिषद्को निर्णयबाट अनुमति पाएका थिए । सोही प्रदेश सरकारको निर्णयलाई संघीय मन्त्रिपरिषद्ले अनुपयुक्त ठहर ठहर गरी अमेरिका जानबाट रोकिएको सूचना तथा सञ्चार राज्यमन्त्री बासकोटाले जानकारी दिए ।
बासकोटाका अनुसार अहिले प्रदेशमा बजेट तथा नीति कार्यक्रम लगायत संगठनात्मक संरचनाका महत्वूर्ण काम परेकाले त्यस प्रस्तावलाई अस्वीकृत गरेको हो ।
अन्नपूर्ण पोष्टको सहयोगमा

Leave A Reply

Your email address will not be published.