Rashtriya Yuva Jagaran
Online Digital News

प्रतिपक्ष आत्तिने सत्तापक्ष मात्तिने संस्कारले समृद्ध देश बन्ला ?

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

देशको सर्वोच्च गरिमामय पद ‘कार्यकारी प्रधानमन्त्री’को कुर्सीमा बसेको व्यक्तिले समदुरीमा रहेर सन्तुलित विचारहरु व्यक्त गर्ने सकियो भने मात्र समस्त नेपालीको प्रतिनिधित्व गरेको ठहरिन सक्छ । यसै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भित्र्याएर नेपालको इज्जत र प्रतिष्ठामा आँच पु¥याएको आरोप त लागि नै सकेको छ । मोदिको नेपाल भ्रमणका क्रममा भित्रिएका भारतीय सेना, प्रयोग गरिएको भारतीय विमान, भारतीय सञ्चारकर्मी, कार्यक्रम स्थलमा राखिएको नेपाली झण्डाको अपमानदेखि क्यामेरा बन्देज गरिएका मन्दिरमा भारतीय पत्रकारलाई खुलेआम पसेर भिडियो लिन दिएको तर नेपाली पत्रकारलाई बन्देज गरेका, ‘अघोषित नाकाबन्दी’को नारालाई मोदीबाट पुष्टि गराउन नसकेका जस्ता विषयले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित भएकै छन् । यसर्थ पनि अब हुने हरेक विषयमा उनले सन्तुलित ढंगले बोल्न सिक्नुपर्छ भन्ने विश्लेषणहरुको सुझाव समेत आएको छ ।

– खगेन्द्र कार्की

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता हुनै लाग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई लक्षित गरेर भने– कांग्रेस वैधानिक रुपमा प्रतिपक्ष हो तर म सहयोगी मात्र ठान्छु । कुन अर्थमा उनले सो कुरा भने भनेर अहिले बजारमा निकै टिकाटिप्पणी भईरहेका छन् । दुई पार्टीबीचको एकताले बनेको ठूलो पार्टी र सरकारमा दुईतिहाई पुगेको सरकारको दम्भ वा प्रतिपक्षको भूमिकामा होइन सहयोगीको भूमिकाबाट सबैलाई मिलाएर लैजाने रणनीति अनुरुपको वाक्यांश हुनसक्छ । प्रजातान्त्रिक मुलुकमा सशक्त प्रतिपक्षको भुमिका रहनु पर्नेलाई ठूलो पार्टी र दुई तिहाई सरकारको दम्भकै कारण बोलिएको वाक्यांशका रुपमा सबैले हेरेका छन् ।
निर्वाचन २०७४ बाट दुई पार्टी एकिकरण हुने उद्देश्य र लक्ष्यका साथ निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण हुने दिन घोषणा हुनुभन्दा अगाडि र पछाडि बोलिका वाक्यांशले कांग्रेसलाई निकै चोट परेको कांग्रेसी नेताहरु बताउँछन् । जननेता स्वर्गीय मदन भण्डारीको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा घुमाउरो पाराले बोल्दै प्रधानमन्त्री ओलीको यस्ता अभिव्यक्तिहरु छरपष्ट भएका छन् । प्रधानमन्त्रीले भने– कांग्रेस, यति ठूलो विशाल (नेपाल कम्युनिष्ट पार्टी) पार्टीका लागि ‘प्रतिष्पर्धी होइन सहयात्री’ मात्र भएकोले सँगै लिएर जाने उद्घोष समेत गरे । कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र नेतृत्व तहको गल्तिको कारणले कांग्रेसको सिट संख्याका आधारमा भएको पराजयको फाइदा उठाएर ठूलो पार्टीका सहअध्यक्ष समेत बनेका प्रधानमन्त्री केपी ओलीले उक्त कुरा उठाएका हुन् । फेरी पार्टी एकिकरण पछाडि पनि थपेछन– कांग्रेस वैधानिक रुपबाट प्रतिपक्ष हो तर म प्रतिपक्ष मान्दिन । प्रजातान्त्रिक प्रणालीमा प्रतिपक्षलाई नमान्ने भन्ने संसारमा कहिँ पनि छैन । प्रतिपक्षविनाको सरकार कल्पना बाहिर रहन्छ । प्रजातान्त्रिक पद्दति, संस्कार र संस्कृतिलाई अंगाल्छु भन्नेले सशक्त प्रतिपक्षको खाँचो औंल्याउनु पर्नेमा प्रतिपक्ष नै चाहिन्दैन, प्रतिपक्ष विनाको प्रजातान्त्रिक सरकार चलाउँछु, प्रतिपक्ष मान्दिन भन्ने प्रतिक्रियाले आशंका समेत पैदा गरेको छ । प्रजातान्त्रिक मुलुकमा जेट विमानमा झै दुई वटा पाइलट हुनुपर्दछ । पक्ष र प्रतिपक्ष । टेम्पो जस्तो एउटा ड्राइभरले चलाउने कोशिस गरियो भने दुर्घटना निम्तिन्छ । यसै कारणले पनि कांग्रेसले एकिकृत कम्युनिष्ट पार्टीलाई निर्वाचन देखि नै भन्दै आएको थियो– अधिनायकवादी तर्फ उन्मुख । कांग्रेससँग हिंडेको, बसेको, खाएको पार्टी भएकोले हिजोसम्म भाई कांग्रेस भन्थे । भाईलाई डो¥याए झै सँगै यहाँसम्म लिएर आएको कांग्रेसलाई ओलीले प्रतिपक्षको भूमिकामा नदेख्नु कांग्रेसलाई होच्याएको आभास समेत मिलेको छ । नेपाली कम्युनिष्ट विशेष गरेर एमाले र माओवादी केन्द्रको हाउभाउ, चालचलन, बानीव्यहोरालाई पढेर, भोगेर अनि देखेरै निर्वाचनमा गठबन्धन बन्दैदेखि कम्युनिष्ट गठबन्धनप्रति कांग्रेसले आशंका मान्दै आएकै हो । कांग्रेसले गरेका आशंकालाई यतिखेर प्रधानमन्त्रीले बोलेका कुराले प्रमाणित गर्न खोजिरहेको छ । कतै कांग्रेसको त्यो आरोपलाई व्यहावरिक रुपमा प्रयोग गर्न प्रतिपक्ष चाहिँदैन भनेका होइनन् प्रधानमन्त्री ओलीले ? कांग्रेसले अधिनायकवादको आशंका निर्वाचनदेखि नै गरेको हो । यसर्थ अधिनायकवादी शैलीको नेतृत्व केपी ओलीले गर्ने पो हुन कि भन्ने त्रासले जनमानसमा अझ डेरा जमाउन थालेको छ । फेरी पार्टी एकतापछि ओलीले थपे–२०१५ सालमा ४ सिट जित्दा दृढतापूर्वक हामी उभिएका थियौ । कांग्रेस इतिहास बोकेको पार्टी हो तर एक पटक हार्देमा किन अत्तालिएको ? नअत्तालिन सुझाव समेत दिन भ्याए ।
यद्यपि कांग्रेस नेपाली माटोबाट हुर्किएको पार्टी हो । भोलि फेरी नेपाली माटोले कांग्रेस खोज्छ भन्ने हेक्का पनि भइदिएको भए त्यस्ता अभिव्यक्ति ओकलिने थिएनन् । कांग्रेस एक पटक हार्दैमा आत्तिएको हो भने ओलीले एक पटक जित्दैमा किन पात्तिएको, मात्तिएको ? प्रतिपक्ष आत्तिने सत्तासिन पात्तिने हो भने देशमा कसरी समृद्धि आउँछ । कांग्रेसीहरु यसै भन्न थालेका छन् । कांग्रेसको नेतृत्व तहको गल्तिका कारणबाट आएको भेलले कम्युनिष्टहरुले हात पारेको सत्तालाई विवेकपूर्ण, सन्तुलित, निस्वार्थ अनि निष्पक्ष ढंगले सञ्चालन गर्न सकेनन् भने परिस्थिति फेरी प्रतिकूल नबन्ला भन्न कहाँ सकिन्छ ? भोलि नेपाली कांग्रेसका नेताहरुमा पनि सद्बुद्धि पलाएछ, जनताको सामु आफ्ना गल्ति, कमि, कमजोरी कबुल गरेछन्, बीपी, गणेशमान र कृष्णप्रसादको बाटोमा हिंड्ने चेष्टा गरेछन, कांग्रेसको नीति र सिद्धान्तलाई अंगिकार गरेछन, गरिब, बेसहारा, असक्त र पीडितको पक्षमा उभिएछन भने कांग्रेसबाट विरक्तिएका तमाम जनताले कम्युनिष्ट पार्टी छोडेर कांग्रेसलाई साथ नदेलान भन्न पनि कहाँ सकियो र ? एक पटक सिटका आधारमा दुई तिहाई मत ल्याउँदैमा पुग्छ झै गरेर एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बोल्नु भनेको उनले कमाएको ‘ओज’ अर्थात ‘शाख’ घटाउनु हो भन्न त्यति गाह्रो नहोला ।
देशको सर्वोच्च गरिमामय पद ‘कार्यकारी प्रधानमन्त्री’को कुर्सीमा बसेको व्यक्तिले समदुरीमा रहेर सन्तुलित विचारहरु व्यक्त गर्ने सकियो भने मात्र समस्त नेपालीको प्रतिनिधित्व गरेको ठहरिन सक्छ । यसै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भित्र्याएर नेपालको इज्जत र प्रतिष्ठामा आँच पु¥याएको आरोप त लागि नै सकेको छ । मोदिको नेपाल भ्रमणका क्रममा भित्रिएका भारतीय सेना, प्रयोग गरिएको भारतीय विमान, भारतीय सञ्चारकर्मी, कार्यक्रम स्थलमा राखिएको नेपाली झण्डाको अपमानदेखि क्यामेरा बन्देज गरिएका मन्दिरमा भारतीय पत्रकारलाई खुलेआम पसेर भिडियो लिन दिएको तर नेपाली पत्रकारलाई बन्देज गरेका, ‘अघोषित नाकाबन्दी’को नारालाई मोदीबाट पुष्टि गराउन नसकेका जस्ता विषयले आलोचित भएकै छन् । यसर्थ पनि अब हुने हरेक विषयमा उनले सन्तुलित ढंगले बोल्न सिक्नुपर्छ भन्ने विश्लेषणहरुको सुझाव समेत आएको छ ।
स्थापनाकालदेखि नै (हिजोको एमाले) वर्तमान नेपाल कम्युनिष्ट पार्टी पक्षधर खेमाका धेरै नेताहरुलाई स्कुलिङ गराएर आकर्षित गराएका बीपी कोइराला समेतको सहयोगमा अगाडि बढेको कम्युनिष्ट पार्टीले २०१५ सालको आमनिर्वाचनमा ४ सिट जित्दा कांग्रेसले दुई तिहाई मत प्राप्त गरेर सत्तामा बसेको थियो । खोई त त्यसबेला बीपीले त्यस्तो दम्भ देखाएर तिमीहरु मेरो सहयोगी मात्र हौ प्रतिष्पर्धी होइनौं भनेको इतिहास छैन । बीपीले त जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका खेल्ने पार्टी चाहिन्छ भनेरै वकालत गर्ने गरेका इतिहास छन् । बीपीको त्यो प्रधानमन्त्रीत्वकालमा राजालाई सर्वोपरि ठानेर, इन्द्र भगवानको स्थानमा राखेर राज्य चलाउँदा गरिब, निमुखा, महिला, दलित, पीडित, सुकुम्बासी, जातजाति प्रति उठाएका मुद्दा र प्रजातान्त्रिक सरकारले ल्याएका जनतामुखी कार्यक्रम र योजनाबाट त्रसित भएर तत्कालिन राजा महेन्द्रले २०१७ पौष १ गते प्रजातान्त्रिक सरकारको घाँटी निमोठेर दलमाथि प्रतिबन्ध लगाएका थिए । बीपीको कम्युनिष्टहरुलाई गरेको स्कुलिङबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो भन्नेहरुको पनि कमी छैन । जे होस् त्यसबेलाको राजनीतिक लडाईमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी प्रजातान्त्रिक लडाईका अभिन्न अंग बनेर अगाडि बढेका थिए । तर त्यो इतिहासले ओलीसम्म आइपुग्दा बाटो बिराएको हो कि भन्ने आभास दिलाएकोमा कांग्रेसीहरु चिन्तित बनेका हुन् ।
त्यही कम्युनिष्ट पार्टीले २०७४ सालको तीनवटै निर्वाचनमा दर्बिलो मत प्राप्त गर्दैगर्दा र माओवादी केन्द्रसँग पार्टी एकता गर्दैमा कांग्रेसलाई यति ठूलो चुनौति नदिएर समदुरीमा बस्दैमा राम्रो हुने विश्लेषकहरुको राय छ । सबैको साझा हुने सकियो भने इतिहास राम्रो बन्छ ।
पटक पटक चिरा पर्दै टुटदै, फुट्दै लड्दै, पछारिँदै आज आएर दुई वटा कम्युनिष्ट पार्टीबीच एकता हुँदैमा ओलीको दम्भका बोली बाहिर आउनु उनकै समेत दुर्भाग्य हुने विश्लेषकहरुको ठह¥याई छ । सत्ताको मोह बोकेका पार्टीहरु एकिकृत भए पनि अन्य सानातिना पार्टीहरु छरपष्ट रुपमा रहेकै छन् । त्यसमाथि एउटा झुण्ड बम र बन्दुकको राजनीति अझै गरिरहेकै अवस्था छँदैछ । उनीहरुले माओवादी केन्द्र एमालेमा विलय भएको वा प्रचण्डपथ मरेको जस्ता अभिव्यक्ति दिइरहेका छन् ।
मोहन वैद्य, चित्रबकहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल, चित्रबहादुर केसी, सीपी मैनाली, बाबुराम भट्टराई, विप्लव, नारायणमान विजुक्छे (रोहित) जस्ता कम्प्युनिष्ठ आन्दोलनमा महत्वपूर्ण भूमिकाबाट अनवरत योगदान पु¥याएका पु¥याएका कम्युनिष्ट नेताहरु यो एकता भन्दा बाहिरै छन् । संख्यात्मक रुपमा सत्ताको स्वाद चाखेका व्यक्तिहरुको ठूलो समूहलाई एकिकरण गराउँदैमा त्यति ठूलो दम्भ ओकल्न नहुने तर्क विश्लेषकहरुको रहेको छ ।
हुन त नेपाली कम्युनिष्ट आन्दोलनले जन्माएका नेताहरु दरबार छिर्नेदेखि जंगल पस्ने सम्मका थिए । केशरजंग रायमाझी जस्ता क्रान्तिकारी कम्युनिष्ट नेता दरबार पसेका इतिहास साक्षी छन् । बामदेव गौतम र माधवकुमार नेपालले २०५४ सालमा पार्टी फुटाएर हिंडेकै हुन्।
२०४६ सालको जनआन्दोलनपछि एकथरी नेकपा एमालेमा ध्रविकरण भए भने अर्काथरी शक्ति सा–साना समूह विभाजित भए ।
२०४७ सालमा नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले पार्टी निर्माण भएको थियो । सोही पार्टीको पाँचौ महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्व दिने प्रखर वक्ता जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।
तर त्यसैबीचमा जननेता मदन भण्डारी र जिवराज आश्रितको हत्या भयो । जुन हत्याको रहस्य अहिलेसम्म खुल्न सकेको छैन । त्यस पार्टीका नेताहरुले पटक पटक सत्तामा पुग्दा मात्र नभएर भण्डारीकै श्रीमति विद्यादेवी भण्डारी दुई दुई पटक देशको उच्च स्थान राष्ट्रपतिमा निर्वाचित हुँदा पनि भण्डारीको हत्याको कुनै खोजविन नहुनु दुःखदायी विषय छँदैछ ।
जननेता भण्डारीको हत्यापश्चात २०५४ सालमा जब नेकपा एमालेको छैठौं महाधिवेशनले माधव कुमार नेपाललाई महासचिव बनायो त्यसै वर्ष एमाले दुई टुक्रा भयो । बामदेव गौतमले मालेको नेतृत्व गरेर गए । पछि फेरी २०५९ सालमा दुवै पाटी बीच एकता भयो तर महासचिव माधव नेपाल नै भए । २०६४ चैत्र २८ गतेको पहिलो संविधानसभाको निर्वाचनमा एमाले नराम्रो पराजय भोगेपछि माधवकुमार नेपालले नैतिकताको आधारमा राजिनामा दिएपछि झलनाथ खनाल महासचिव बनेका थिए । २०७० को निर्वाचनमा दोस्रो ठूलो दल नेकपा एमाले भएपछि केपी ओली सो पार्टीको अध्यक्षतमा निर्वाचित भएका थिए ।
केपी ओली पार्टीको अध्यक्ष भएपछि समयसमयमा भएका समयचक्रलाई समात्न सिल्पी स्वभावले नेकपा एमालेलाई संगठनात्मक रुपमा दर्बिलो बनाउँदै हिंड्दै गर्दा २०७२ सालको प्रधानमन्त्रीत्व कालमा अर्को एउटा अवसर प्राप्त भयो त्यो थियो– भारतले लगाएको ‘अघोषित नाकाबन्दी’ । प्रधानमन्त्रीत्व भारतले लगाएको अघोषित नाकाबन्दीमा कडा प्रतिवाद गर्ने नेपालको पहिलो प्रधानमन्त्रीमा दरिएका केपी ओलीले त्यसैको ‘ट्रयाक’मा उभिएर २०७३ को स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विजयी गराउन पार्टीलाई उचाईमा पु¥याएका थिए । त्यसमाथि सोही बेला अर्को ठूलो कम्युनिष्ट घटक नेकपा माओवादी केन्द्रसँग पार्टी एकतासमेत गर्ने गरी चुनावी तालमेलमा गएका थिए, जुन कुराले कम्युनिष्टहरुको विजयी यात्रामा उर्जाको काम ग¥र्यो अन्ततः दुई तिहाईको मतसमेत प्राप्त भयो । अन्ततः २०७५ जेठ ३ गते स्वर्गीय जननेता मदन भण्डारी स्मृति दिवसकै दिन पारेर दुई पार्टीबीच नेपालको इतिहासमा कम्युनिष्टहरुको नयाँ रेकर्ड कायम गर्ने गरी दुई पार्टीबीच एकता पनि भईसकेको छ । उक्त एकता अटुट र जनताको पक्षमा कायम रहिरहोस्, प्रधानमन्त्री ओलीले भने झैं टुटफुट राजनीति सकिएको उद्घोष सार्थक बनोस् हार्दिक शुभकामना ।

Leave A Reply

Your email address will not be published.