Rashtriya Yuva Jagaran
Online Digital News

सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

पाँचथर, जेठ ११ गते । एक नम्बर प्रदेशको पाँचथरबाट संघीय सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन केन्द्रका निर्देशक शिवराज जोशी नेतृत्वको टोलीले बिहिवारदेखि सदरमुकाम फिदिममा मुकाम स्थापना गरी राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुरु गरेको हो । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷०६७ को नीति तथा कार्यक्रममार्फत राष्ट्रिय परिचयपत्र वितरणको अवधारणा अगाडी बढाएको थियो । गत पुस १३ गतेको मन्त्री परिषद बैठकमार्फत व्यवस्थापन केन्द्र तय गरेको मापदण्डलाई स्वीकृति दिएको थियो । चिपसहितको स्मार्ट कार्डमा प्रिन्ट हुने राष्ट्रिय परिचयपत्रमा बाहकका दश औठाछाप अंकित व्यक्तिको पहिचान सहितको विवरण समेटिने छ । यसअघि केन्द्रले जिल्लाका ८ वटै स्थानीय तहका सबै वडामा पुगेर परिचयपत्र वितरणसम्बन्धी जानकारी दिइसकेको छ । सरकारले पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिकसँगै र सिंहदरबारभित्रका ७ हजार गरी १ लाख १७ हजारलाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्ययोजना बनाएको थियो ।

Leave A Reply

Your email address will not be published.