Rashtriya Yuva Jagaran
Online Digital News

परिमार्जित ऐन–कानुनको छलफलसहित प्रशिक्षणमा जुटे एक नम्बर प्रदेशका कानुन व्यवसायीहरु

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

युवा जागरण डेक्स
बिराटनगर, जेठ १९ गते । राज्य पुर्नसंरचना अन्तर्गत देश गईसकेको र यतिखेर नयाँ कानुन तथा नयाँ ऐनहरु लागु हुने अवस्थामा प्रदेश नम्बर एकका १४ जिल्लाका कानुन व्यवसायी छलफलसहितको प्रशिक्षण कार्यक्रम विराटनगरमा जुटेका छन् ।
विराटनगरस्थित मोरङ व्यापार संघको सभाहलमा आयोजित दुई दिने (जेठ १८ र १९ गते हुने) सो छलफलसहितको प्रशिक्षण कार्यक्रमको उद्घाटन उच्च अदालतका मुख्य न्यायधिश कुलरत्न भुर्तेलले गरेका थिए । उच्च सरकारी वकील कार्यालयका मुख्य न्यायाधीवक्ता चुडामणी आचार्यको अध्यक्षतामा आयोजित सो कार्यक्रमलाई बार काउन्सिल नेपालले आयोजना गरेको सुनसरीका कानुन व्यवसायी तथा पत्रकार शालिग्राम पाण्डेले बताए ।
पाण्डेका अनुसार एक नम्बर प्रदेशका सबै जिल्लाहरुबाट उत्साहजनक सहभागिता रहेको यो जेठ १८ गतेको कार्यक्रममा अपराध सहिताको मुलभुत विशेषता, संरचना र फौजदारी न्यायका सामान्य सिद्धान्तका विषयमा छलफल गरिएको थियो । सो कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीश हरि प्रसाद भण्डारीले मुलुकी देवानी संहिता, २०७४ का विशेषताहरु सामान्य सिद्धान्तको व्यवस्था सम्बन्धी जानकारी आदीका विषयमा सहजीकरण गरेका थिए । मोरंग जिल्ला अदालतका जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माले मुलुकी अपराध संहिता, २०७४ का विशेषताहरु वैयक्तिक गोपनियता तथा प्रतिष्ठान विरुद्धका कसुरहरुका बारेमा सहजीकरण गरेको कानुन व्यवसायी तथा पत्रकार पाण्डेले बताएका छन् ।
त्यसै गरि जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले फौजदारी कार्यविधि संहिता, २०७४ का विशेषताहरु , मुलुकी अपराध संहिताले पहिलो चोटी अपराधीकरण गरेको कसुर र सजाय सम्बन्धि व्यवस्था आदीका विषयमा सहजीकरण गरेका थिए । शनिवार संचालन हुने छलफलमा उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, संविधानसभाका पूर्व सांसद रेवती भण्डारी, बरिष्ठ अधिवक्ताहरु लगायतले सहजीकरण गर्ने भएका छन् ।

Leave A Reply

Your email address will not be published.