Rashtriya Yuva Jagaran
Online Digital News

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अझै पाक्षिक १८ करोड घाटामा आयल निगम

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, जेठ १९ गते । पटक पटक गरेर आधादर्जन बढी पटक मूल्य बढाएको आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । बहाना एउटै छ– अन्तर्राष्ट्रिय मूल्य समायोजन । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट मूल्य बढेर आएपछि मूल्य बढाएको आयल निगम बताउँछ ।
बढेको मूल्य पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन —तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
भाउ बढेपछि पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ । एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ । मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.