Rashtriya Yuva Jagaran
Online Digital News

विभिन्न उतारचढावका साथ अगाडि बढ्दै सुनसरीको कोशी गाऊँपालिका

  •  
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

युवा जागरण संवाददाता

=============================

इनरुवा (सुनसरी), जेठ २२ गते । कोशी गाउँपालिकाको प्रमुखमा विजय हुने वित्तिकै ऐयुव अन्सारीले वडाअध्यक्षहरुको पदभार कार्यक्रममा गाउँपालिकाको विकास र जनताको समृद्धिका निम्ति इमान्दारिता, कर्तव्यबोधका साथ दृढसंकल्पित भएर सुशासनका निम्ति र विभेदमुक्त र भयरहित समाज निर्माणका लागि जनताको ऋणी बनेर काम गर्न निर्देशन दिएका थिए ।
तिनै गाउँपालिका प्रमुख अन्सारीले पारदर्शिता, जनताको प्रतिनिधिको सम्मानका निम्ति, पञ्चायति शैली समाप्त गर्नका निम्ति भनेर गाऊँपालिकाको कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरे गाऊँपालिकामा मनोमानी गरेको, जनताका प्रतिनिधिलाई वेवास्ता गरेको भन्दै आफ्नै कार्यालयको कार्यकक्षमा तालाबन्दी समेत गर्नुपरेको थियो । सो तालाबन्दी काण्डमा कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको रु ५२ लाखको कुनै हरहिसाब नदेखाएका अरोप लागेको थियो ।
विप्लव माओवादीका कार्यकर्तालाई चन्दा नदिएको आरोपमा झण्डै कुटिएका अन्सारीले जनताको ऋणीको रुपमा आफूलाई सम्झन आग्रह समेत गरे । गाउँपालिका प्रमुख अन्सारीले यहि जेठ २ गते आइतबार आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’मा बोल्दै आफू साँच्चिकै जनताको ऋणी भएको बताउँदै कार्यक्रमको उदघाटन गरेका थिए ।


कोशी गाउँपालिका प्रमुख अन्सारीबाट गाऊँपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी स्थापना गरेर सेवा सुचारु गराईसकेका छन् । गाउँपालिकको वडा नं. ५ र ६ मा मिति जेठ ९ गते गतेका दिन एक कार्यक्रमबीच अस्थाई स्वास्थ चौकीको बिधिवत उद्घाटन गरेका थिए । अब बाँकी २ वटा वडामा पनि चाँडै स्वास्थ्य चौकी स्थापना हुने विश्वास समेत व्यक्त गरेका थिए ।
जनताको स्वास्थ्य र जिउधनको शान्ति सुरक्षामा लागि परेका अन्सारले जनताको स्वास्थ्यमै प्रतिकूल असर पु¥याउने धुमपान तथा लागु पदार्थको विषयमा किशोरकिशोरीहरुका लागि दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम आयोजना गराएका थिए ।

गाऊँपालिकाको सहयोगमा आयोजित सो कार्यक्रम ग्रामिण विकास समाज नेपालले आयोजना गरेको थियो ।
सो कार्यक्रम कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा ग्रामीण विकास समाज नेपालका अध्यक्ष शमसाद अन्सारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रममा कोशी क्षेत्रका विभिन्न ५ वटा बिद्यालयका ३५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई प्रशिक्षक बिओपी श्रीपुरका प्रमुख शंकर थापा र पवन साहले प्रशिक्षण दिएका थिए । दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रममा सहभागीहरुलाई लागूऔषध बाट समाजमा हुने बेफाइदा तथा त्यसबाट बच्न सकिने उपायहरुको बारेमा जानकारी दिएको प्रशिक्षक तथा सशस्त्र प्रहरी निरीक्षक शंकर थापाले बताए ।
समापन कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार साह,१ नम्बरका वडाध्यक्ष राजु साह, बिनोद मिश्र, हासिम अन्सारी, सज्जाद अन्सारी,नशाद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
सुनसरीको सीमावर्ती क्षेत्रबाट पछिल्लो समयमा धूम्रपान तथा लागु पदार्थ सेवनकर्ताको संख्या बढदै गएको अवस्थामा यस्तो सचेतना मूलक कार्यक्रम आयोजना गरिएको गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको कथन रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
यसैगरी गाउँपालिकाका गाउँहरुको विकासमा त्यतिकै लागि परेको अवस्था छ । पछिल्लो समयमा गाऊँपालिकाको वडा नं. ८ को भन्दाबारीमा सिमा क्षेत्र विकास कार्यक्रम (आरसीसी) ढलान बाटोको काम भईरहेको गाउँपालिका प्रमुख अन्सारीले बताएका छन् । यसैगरी अन्सारीका अनुसार विजुली पु¥याऊँन नसकिएको दलित, मुसहर, झाँगर, यादवको बसोबास रहेको गाउँमा वडाअध्यक्षसँगको समन्वयमा सोलार बत्ती जडान कार्य तिव्र गतिमा भईरहेको बताए ।
विभिन्न उत्सवहरुलाई सदुपयोग गर्दै अन्य अतिरिक्त कामहरु गरेको गाउँपालिका अध्यक्ष अन्सारीको कथन थियो । अन्सारीले २०७४ सालको जेठ १५ गते ११ औं गणतन्त्र दिवसका दिन सहिदहरुको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्दै स्वास्थ्यका लागि सरसफाई कार्यक्रम समेत सञ्चालन गरेको बताए ।


यस्तै गाऊँपालिकाभित्रका किशोरकिशोरीहरुलाई स्वरोजगार बनाउन स्वरोजगार कम्पनीहरुसँगको समन्वयमा विभिन्न तालिमबाट दक्षता अभिवृद्धिका निम्ति कार्यक्रम अगाडि सारिएको बताए । गाऊँपालिका प्रमुख अन्सारीका अनुसार इटहरीमा लामो समयदेखि स्वरोजगारको क्षेत्रमा काम गर्दै आएको अल इलेक्ट्रोनिक्ससँगको साझेदारीमा मोबाइल मेकानिक्सको ३२ दिने तालिम दिइएको र सो तालिमबाट यस गाउँपालिकाका युवाहरु दक्ष भई लाभान्वित भएको बताए ।
यसैगरी ट्राफिक सचेतना कार्यक्रम ट्राफिकको मात्र काम होइन, यसमा गाउँपालिकाले पनि योगदान गर्नुपर्छ भनेर विभिन्न सवारी चालकहरुलाई ट्राफिक नियमको बारेमा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको गाऊँपालिका प्रमुख अन्सारीले बताए । गाउँपालिकको सो सचेतना कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रामनारायण पोदारको टोलीले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मेयर अन्सारीको कथन थियो ।


यसैगरी जनताका लागि मात्र नभएर नगरपालिकामा काम गर्ने कर्मचारीलाई समयानुकूलक दक्षता अभिवृद्धि गर्दै लानु पर्छ भन्ने उद्देश्यका साथ सरकारको नीति बमोजिम ३ दिने क्षमता अभिवृद्धि विकास तालिम दिइएको बताए । सो तालिमको उद्घाटनका अवसरमा समेत आफूले सुशासनका निम्ति भ्रष्टाचार दुस्मन रहेको र कहीं कसैले भ्रष्टाचार नगर्न निर्देशन दिएको समेत उल्लेख गरे ।
यसैगरी नेपाल सरकारले सरकारी विद्यालयमा विद्यार्थीको संख्या दिनप्रतिदिन घट्दै गएको गुनासोलाई न्युनिकरण गर्न विद्यालय भर्ना अभियानलाई समेत निकै महत्वका साथ अगाडि बढाएको बताए । अन्सारीका अनुसार आफैले श्री निम्न आधारभुत विद्यालय भन्टावारीमा ११ जना विद्यार्थी हात समाएर लगेर भर्ना गरेको र अन्य नानीहरुलाई विद्यालय जान प्रोत्साहन तथा आग्रह गरेको समेत बताए ।


अन्सारीले भने– मैले विद्यार्थी लिएर पुगेपछि पढाईको स्तर गुणस्तरीय बनाउन निर्देशन दिएको बताए । गाऊँपालिका अध्यक्ष अन्सारीले पढाई मामिलामा कसैसँग कुनै कम्परमाईज नगर्न र अभिभावकहरुलाई समेत आफ्ना बालबालिकालाई बिद्यालय पठाउन आग्रह गरेको बताए ।
समाजका विकृति तथा वेतिथिहरुलाई निर्मुलिकरण गर्न त्यतिकै लागेका गाउँपालिका अध्यक्ष अन्सारीले समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा जोड दिँदै आएको बताए ।

Leave A Reply

Your email address will not be published.