Rashtriya Yuva Jagaran
Online Digital News

गढी गाउँपालिकामा आगलागीबाट उराव परिवारको लाखौं क्षति

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

युवा जागरण संवाददाता
दुहवी (सुनसरी), जेठ २२ गते । सुनसरीको गढी गाउँपालिका–६ का स्थानीयबासी उराव परिवारको आगलागीबाट लाखौंको क्षति भएको छ ।
गत बिहीबार स्थानीय बुधु उरावको घरमा भएको आगलागीमा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उरावकै घरबाट सुरु भएको आगोले उरावकै तीन घरसहित अन्नपात, लत्ताकपडा, चौपाया, र्फिनचर, नगदसमेत जलेको उराव परिवारले बताएका छन् ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्र प्रयोग गरिए पनि समयमा आगो नियन्त्रण हुन नसकि पुरै घर जलेर नष्ट भएको छ। आगलागी पछि उराव परिवार घरवारविहिन भएका छन । गढी गाउँपालिकालगायत अन्य समाजसेवी, बुद्धिजीवि, स्थानीय संघसंस्थाहरुले आपतकालिन सहयोग उपलब्ध गराएको गढी गाउँपालिकाका मेयर श्रीप्रसाद यादवले बताए ।

Leave A Reply

Your email address will not be published.