Rashtriya Yuva Jagaran
Online Digital News

’छाउपडी कुडी’ प्रथाले फेरी एक किशोरीको सर्पको टोकाइबाट निधन

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

छाउपडी प्रथा सनातन हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको अन्धविश्वासी चलन हो । । यहि चलनको कारण सैयौ किशोरीले अनाहकमा ज्यान गुमाउने क्रम निरन्तर चलिरहेको छ ।
पछिल्लो दृष्टान्त वा घटनालाई हेर्ने हो भने हिजो जेठ २७ गते राति अछाम जिल्लाको तुर्माखाद गाउँपालिकामा यहि प्रथाको कारण एक युवतिले सर्पको डसाईबाट ज्यान गुमाएको खबर खेमराज खनाल https://www.facebook.com/khemraj.khanal.7798 ले आफ्नो फेसबुक स्टाटसमा फोटोसहित राखेका छन् ।
अछामको तुर्माखाद गाउपालिका ४ भैरवस्थानकी १८ वर्षीया पार्वति बुढाको शनिबार राति सर्पको डसाईबाट निधन भएको छ।
यस गाउँपालिकामा पटक पटक यस्ता घटना दोहोरिने गरेका छन् । उक्त गाउँपालिकाका विभिन्न वडाहरुमा १२ वर्षमा १३ किशोरीको निधन भईसकेको स्रोतले बताएको छ ।

यस अघि पुस महिनामा पनि सोही गाउँपालिका–३ भैरवस्थानमा २२ वर्षीया युवती गौरा बुढा छाउपडी प्रथाकै कारण ज्यान गुमाएकी थिइन् ।
सो भैरवस्थानलाई (साविक गाविस)लाई २ बर्ष पहिले महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरेको छाउपडि प्रथा निवारण परियोजनाले छाउपडि गोठ मुक्त क्षेत्र घोषण समेत गरेको थियो ।
त्यही अछाम जिल्लाकै महिला यसका विरुद्धमा उत्रिएर छाउपडी गोठ समेत समेत नभत्काएका होइन । अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका समाचार चर्तित भएका थिए ।
छाउपडी बार्ने प्रथालाई कुप्रथा घोषित गरि सरकारले यसलाई फौजदारी अपराधसमेत मानेर यस विरुद्ध कानुन निर्माण गरीसकेपछि यहाँका स्थानीयहरू छाउपडी गोठ विरुद्ध उत्रीएका हुन्। छाउपडी गोठमा बस्ने परिवारलाई गाउँपालिका र वडाले प्रदान गर्ने सबै सेवा सुबिधाबाट बञ्चित गर्ने निर्णय गरेपछि आफूहरूले गोठ भत्काएको स्थानीय जिरादेवी विकले बताएकी थिइन् ।


सरकारले छाउपडी कुप्रथा विरुद्ध कानुन निर्माण गरी आगामी भदौ ५ गते पछि छाउपडी गोठमा राख्नेलाई जेल सजाय सम्मको व्यवस्था गरेपछि यो प्रथा मान्नेहरू निकै डराएका छन्। त्यसै कानुनलाई टेकेर स्थानीय तहले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि गोठमा बस्नेलाई सेवा सुबिधाबाट समेत बञ्चित गर्ने सम्मको निर्णय गरेपछि मेल्लेख गाउँपालिकाका प्राय सबै गाउँमा गोठ भत्काउने अभियान चलेको छ।महिनावारी भएका महिलाले घरमै बस्दा देविदेउता रिसाउछन् भन्ने मान्यता बोकेका स्थानीयले गोठ भत्काएर घरमै बस्नका लागि देउतालाई समेत पुज्ने काम गरेका छन्।

Leave A Reply

Your email address will not be published.