Rashtriya Yuva Jagaran
Online Digital News

उत्तरकोरिया र अमेरिकबीचको वार्ताबाट विश्व हर्षित

  •  
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

अमेरिका र उत्तर कोरियाबीच सफल वार्ताको नेपालद्वारा  स्वागत
काठमाडौं– नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा भएको शिखर वार्ताको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै ऐतिहासीक शिखर वार्ताको स्वागत गरेको हो । वार्तापछि चार बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।
‘अमेरिकी राष्ट्रपति डोनाल्ड जे। ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच आज ९मंगलबार० भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त विज्ञप्तीको नेपाल स्वागत गर्दछ,’ परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘शिखर वार्ताले जुन गति लिएको छ त्यसलले निरन्तरता पाउने छ भन्ने विश्वास नेपालले लिएको छ र विज्ञप्तिमा उल्लेख गरिएका प्रतिबद्धता कार्यन्यन भई कोरियाली प्रायद्विपमा शान्ति र स्थीरता कायम हुने आशा हामीले लिएका छौं ।’
शिखर सम्मेलनपछि सिंगापुरबाटै जारी भएको चार बुँदे संयुक्त विज्ञप्तिमा ट्रम्प र किम दुवैले हस्ताक्षर गरेका थिए । वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्प किम चलाख नेता भएको टिप्पणी गरेका थिए । संयुक्त विज्ञप्तिमा अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध रहेको उल्लेख छ ।
यस्तै, दुवै देशले कोरियाली प्रायद्विपमा शान्ति र स्थीरता कायम गर्न प्रयास गर्ने विज्ञप्तिमा जनाइएको छ । उत्तर कोरियाले गत अप्रिल २७ का दिन दक्षिण कोरियासँग भएको ‘पान्मुनजोम’ सम्झौता अनुसार कोरियाली प्रायद्विपमा निशस्त्रीकरणको लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । दुवै नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा युद्धबन्दी तथा हराएकाको खोजी गर्ने र पहिचान भएकालाई तुरुन्त आ–आफ्नो देशमा फिर्ता पठाउने उल्लेख छ ।

एजेन्सी,
काठमाडौं, २०७५ जेठ ३० गते । उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध चिसिँदै उडानसहितका विविध क्षेत्रमा प्रतिबन्ध लगाउने, आणविक अस्त्र परिक्षण र सैन्य शक्ति प्रदर्शन गर्नेसम्मको अवस्थामा पुगेर विश्वयुद्धको संकेत दिँदै सबैलाई चिन्तित बनाएको विषयले आश्चर्यजनक रुपमा नयाँ मोड लिएको छ ।
अमेरिका र चीनबीच सिंगापुरको भएको पहिलो सफल वार्ताले विश्वलाई खुशी तुल्याएको हो । सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएपछि एक्लाएक्लै र सामूहिक वार्ताबाट पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै आपसी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–अनबीच
संयुक्त राष्ट्रसंघको कठोर र प्रतिबन्धात्मक निर्णयलाई प्योङयाङले २०१७ अप्रिलमा मिसाइल प्रक्षेपण र त्यसकै आसपासमा मनाइएको संस्थापक नेता किम इल सुंगको १०५ औं जन्मजयन्तीमा आयोजित विशाल सैन्य परेडमा प्योङयाङ नजिकै ६० वटा मिसाइलहरूको प्रदर्शन गरिएको थियो । त्यस क्रममा विशाल परेड पनि प्रदर्शन गरियो । उक्त परेड खेलाउनुको उद्देश्य थियो– अमेरिकालाई उत्तर कोरियाको सैन्य बलको स्पष्ट संकेत दिनु । उक्त सैन्य परेमा बोलिएका शब्दहरुले अमेरिकाले जे खोज्छ त्यही गर्न तयार रहेको घोषणासहित युद्ध गर्न समेत तयार रहेको उत्तर कोरिया र अमेरिकाबीच अहिले पाँच बुँदे सहमतिसहिज नयाँ युगको प्रारम्भ गर्दै विश्व शान्ति अभियानको सेतुको रुपमा अगाडि बढेर विश्वलाई खुशी र उत्साह दिएको छ ।
सेप्टेम्बर १९४८ मा उत्तरी भाग प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) बनेको उत्तर कोरियाले राजनीतिक रुपबाट चीन र रुसको जस्तो कम्युनिष्ट व्यवस्थालाई अंगिकार गरेको कारणले पनि उत्तर कोरिया र अमेरिकाबीचको राजनीतिक द्वन्द्व चर्कदै गएका घटनाक्रमले विश्वलाई चिन्तित तुल्याएको थियो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ(अनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्।
उनले विगतको दांजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायस्द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्।
उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्।
नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए।
संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निश्शत्रीकरणका लागि जोड दिंदै आएको थियो।
एक करोड ५० लाख डलर खर्च भएको किम–ट्रम्प वार्तामा उत्तर कोरियालाई ुसुरक्षा ग्यारेन्टी गर्दै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

Leave A Reply

Your email address will not be published.