Rashtriya Yuva Jagaran
Online Digital News

अब कार्यक्षमताका आधारमा मात्र राजदुत नियुक्ति : परराष्ट्रमन्त्री ज्ञवाली

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं, असार १३ गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदक्षताका आधारमा राजदुत नियुक्ति गरिने बताएका छन् । मन्त्री ज्ञवालीले बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन लागिएको स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गर्दै भने–नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको छ ।
मन्त्री ज्ञवालीले प्रश्नको जवाफ दिँदै भने– कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको पनि जानकारी दिए।
मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दाबी पनि गरे।
उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरूको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नेलगायतका काम भइरहेको पनि बताए।

Leave A Reply

Your email address will not be published.