Rashtriya Yuva Jagaran
Online Digital News

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार सुवेदी

  •  
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

विराटनगर । एक नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोजपुर जिल्लाका पत्रकार धु्रव सुवेदीलाई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको छ । भोजपुरबाटै देशको न्युज डटकमका संस्थापक एवम् प्रधान सम्पादक समेत रहेका सुवेदीलाई उपसचिव स्तरको तलब सुविधा प्राप्त हुने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी शेरधन राई सञ्चारमन्त्री रहँदा समेत प्रेस सहयोगीको भूमिका निर्वाह गरेका थिए । सुवेदी भोजपुरबाट नागरिक दैनिकका लागि संवाददाताको रुपमा समेत काम गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.