Rashtriya Yuva Jagaran
Online Digital News

टेनिस स्टार सानिया मिर्जा नयाँ साजसज्जाका साथ मिडियामा, जीवन कहानीमा आधारित चलचित्र बन्ने हल्ला

  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

एजेन्सी


काठमाडौं, असार १८ गते । पछिल्ला दिनमा टेनिस स्टार सानिया मिर्जा गर्भवति अवस्थामा रहेकी छिन् । उनको जिवनमा आधारित चलचित्र बनाउने भन्ने हल्ला चलिरहेकै बेला नयाँ गटअपका साथ उनी सञ्चारमाध्यमबाट छाएकी छन् । यद्यपि उनी गर्भवति छन् । त्यस्तो अवस्थामा पछिल्लो समयमा दुवई एयरपोर्टमा देखिएको यो तस्बिरको गुटअपमा सजिएको फोटो निकै भाइरल बनेको थियो । उनले योग दिवसका दिन पारेर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको यो तस्बिरमा धेरैले बधाई समेत दिएका थिए भने कतिले बच्चा छोरा भए यो र छोरी भए त्यो नाम राख्नु होला भनेर अनुरोध समेत गरेका थिए ।
पछिल्लो समयमा भारतमा सेलिब्रेटीहरुको वास्तविक जिवनका घटनामा आधारित चलचित्र निर्माणमा होडबाजी नै चलेको छ । एटलेटिक भिख्खा सिंह, क्रिकेटर महेन्द्र सिंह ध्वनी, नीरजा, मैरी काम, पान सिंह तोमर, पहलमान महावीर सिंह फोगाटको जिवनमा आधारित चलचित्र बनिसकेका छन् । ‘सञ्जु’ सञ्जयदत्तको जिवनमा आधारित फिल्मको काम पनि अन्तिम अवस्थामा पुगेको छ । यसैबीचमा अबको पालो टेनिस स्टार सानिया मिर्जाको जिवनमा आधारित चलचित्र बनाउने चर्चा सुरु भएसँगै निर्देशक रोहित शेठ्ठीले मिर्जाको बायोपिक चलचित्र निर्मा गर्ने अभिरुचि देखाएको भारतीय पत्रपत्रिकामा खबर छ ।

Leave A Reply

Your email address will not be published.