Rashtriya Yuva Jagaran
Online Digital News

बाढी र पहिरोमा परी तेइस जनाको निधन

  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

 

नेपालमा दैविक विपत्तिदेखि प्राकृतिक प्रकोपको कारण वर्षेनी हजारौंको ज्यान जाने गरेको छ । प्राकृतिक प्रकोप वर्षेनी आईरहने भए पनि त्यसबाट हुने क्षति न्युनिकरणमा अझै सम्बन्धित पक्ष तथा जनता स्वयं चनाखो हुन नसक्दा मानविय क्षतिहरु भईरहेका छन् । गतसाल बाढीले जहाँबाट क्षति भएको छ पुनः फेरी त्यही ठाउँमा बस्ने व्यवस्था मिलाउन र सम्बन्धित निकायबाट अर्को व्यवस्था नहुनुले पनि बाढी पहिरोबाट सर्वसाधारणको ज्यान जाने क्रम निरन्तर चलिरहेको छ ।

काठमाडौं, असार २० गते । अघिल्लो हप्तादेखि परेको अविरल मनसुनी वर्षाका कारण निधन हुनेको संख्या मंगलबार आएको तथ्याङ्क बढेर २३ पुगेको छ ।
पश्चिम तथा मध्य तराईमा आएको बाढी र पहाडमा झरेको पहिरोमा परेर दुई दिनमा २३ जनाको मुत्यु भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चार जना बेपत्ता भएका थिए । अबिरल परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । पहाडी जिल्लामा पहिरोको जोखिम अत्यधिक बढेको छ ।
हवाई उडाहरु प्रभावितहुँदा पाहाडी जिल्लाका यात्रुहरु पनि उड्न पाएका छ्न । डुवान परेका क्षेत्रमा उपचार गर्न समेत समस्या भएको छ । बाँके, बद्र्रीया, रौतहत, सर्लाही, कपिलबस्तु लगायतका केही ठाउँमा उपचार समेत प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ । आज बुभबारदेखि भने पानी केही कम पर्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.