Rashtriya Yuva Jagaran
Online Digital News

उवासंघ नवलपरासीको १४ औं पदस्थापना

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

नवलपरासी, असार २० गते । उद्योग वाणिज्य संघ नवलपरासीको १४ औ पद हस्तान्त्रण तथा त्रिरुपति बहुद्देशिय सभागृहको उद्दघाटन गरिएको छ । संघको अध्यक्ष भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको भव्य समारोह बिच कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग बाणिज्य महासंघका अधयक्ष भवानी राणाले सभागृहको रिबन काटेर एवं शिलालेख अनावरण गरेर सभागृहको उद्दघाटन गरेकि हुन् ।
कार्यक्रममा प्रमुख अतिति एवं महासंघका अध्यक्ष भवानी राणाले प्रदेश नम्बर ५ पर्यटन र कृषको क्षेत्रमा निकै सम्भावना बोकेको प्रदेश रहेकाले यस प्रदेशमा निजी क्षेत्रले लगानी गर्न तयार रहेको बताईन् । अध्यक्ष राणाले महेसपुर भन्सारलाई मुल भन्सार बनाउन आवश्यक पहल गर्ने भन्दै नवलपरासीलाई औद्योगिक करिडोरको रुपमा स्थापना गराउन पहल गर्ने पनि बताईन् ।

कार्यक्रममा संघमा नवनिर्वाचित अध्यक्ष केशव भण्डारीलाई निर्वाचन समितिका संयोजक धन शर्मा जैसीले निर्वाचितको प्रमाण पद प्रदान गरिदै सपथ ग्रहण गराएका थिए । पद हस्तान्त्रण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भण्डारीले अध्यक्ष पदको पदभार ग्रहण गर्दै आफनो पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
संघका अध्यक्ष भिम बहादुर थापाले अध्यक्षको हैसियतमा आफनो अन्तिम मन्तब्य राख्दै संघको पेशागत हितका लागि ३ बर्ष खटिएर कार्य गरेको जिकिर गरे । जिल्लाका उद्योगी व्यवसायीहरुको हकहित र संरक्षका लागि सम्बन्धित निकायमा पहल गर्दै संघलाई मर्यादित बनाएर जान लागेको खुशी जाहेर गरे ।
कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य एवं पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले सभा सम्बोधन गर्दै संघका सभापति भरतथापको नेतृत्वमा रहेको कार्यसमितिले जिल्लामा एक व्यस्थित सभागृहको निर्माण कार्य गरेकोमा प्रशंसा गर्दै उद्योगी व्यवसायीहरुको हकहित एवं संरक्षणका लगि आवश्यक पहल गर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्रदेश सभा सदस्य बैजनाथ जयसवालले महेसपुर भन्सारलाई मुल नाको रुपमा स्थापित गराउन र महेसपुर देखि सुनवलको महलपोखरी, हुदै पाल्पा र पोखरासम्मको बाटोलाई फास्ट्राक बनाउन केन्द्रिय सरकार तथा प्रदेश सरकार संग पहल गर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डीराज ढकाल, अतिथि महासंघका प्रदेश ५का संयोजक गुणनिधि तिवारी, नेपाली कांग्रेसका सहअध्यक्ष सुबाषचन्द्र गिरी, नेकपाका जिल्ला संयोजक थान प्रसाद गैरे, फारम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, राजपकाका अध्यक्ष बिजय अग्रहरी, रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ता, सुनवल नगरका उप मेयर दधिराम अर्याल, संघका बरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र कुमार अग्रंहरी, महासचिव गिरीराज पाण्डे लगायतले नव निर्वाचित कमेटीलाई बर्धाइ दिदै नवनिर्मित सभा गृहको प्रशंसा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.