Rashtriya Yuva Jagaran
Online Digital News

दर्शकले रुचाउने लोकगायिका इन्दिराको दशौं लोकप्रिय गित ‘तिमीले छोडी गएपछि त’ बजारमा

  •  
  • 222
  •  
  •  
  •  
  •  
  •  
    222
    Shares

सामाजिक अभियन्ताका रुपमा आफ्नो परिचयलाई ढालेकी गायिका इन्दिराले कमाएको रकमले पनि सामाजिक अभियानमै धेरै मात्रामा खर्च गर्ने गरेकी छन् । हरपल, हरघडी उनी सामाजिक अभियानका कुनै कुनै कामहरु गरिरहेकी हुन्छिन् साथमा आफ्नो म्युजिक करियरलाई पनि मर्न भने दिएकी छैनन् । एकातिर गायिकाका रुपमा कमाएको लोकप्रियता, स्रोत तथा दर्शकलाई बिर्सन सकेकी छैनन भने अर्कोतिर गाउँघरका पीडाहरुलाई आफूभित्र गुम्स्याएर राख्न पनि चाहेकी छैनन् । यतिमात्र होइन पारिवारिक जिम्मेवारी पनि त्यतिकै काँधमा लिएर हिंडेकी गायिका इन्दिरा आफ्नो व्यवसायमा समेत त्यतिकै दिलोज्यानले लागि परेकी छन् ।

 

युवा जागरण संवाददाता
काठमाडौं, असार २२ गते । चर्चित लोकदोहारी गायिका, दोलखाको मकैबारीमा जन्मिएकी इन्दिरा शाहा (युनिक) को दशौं म्युजिक एल्बमको ‘तिमीले छोडी गएपछि त’ बोलको गितले सजिएको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । सानैदेखि गायनमा सौखिन इन्दिराले लोक भाकाका गितहरु धेरै गाईन, दर्जनबढी लोकभाकाका एल्बमसहित केही आधुनिक गितका एल्बम पनि बजारमा ल्याउन सफल भएकी इन्दिरा सोचेजस्तो सफलता हात पार्न नसकेको गुनासो पनि त्यतिकै गर्छिन् । स्वदेशमा मात्र नभएर उनी प्रवासी जिवनका भोगाईसमेतको अनुभव बटुलेर यतिखेर काठमाडौंको महाराजगञ्ज चक्रपथमा कोल्ड स्टोर चलाएर जिविकोपार्जन गरिरहेकी छन् । सामाजिक अभियन्ताका रुपमा आफ्नो परिचयलाई ढालेकी गायिका इन्दिराले कमाएको रकमले पनि सामाजिक अभियानमै धेरै मात्रामा खर्च गर्ने गरेकी छन् । हरपल, हरघडी उनी सामाजिक अभियानका कुनै कुनै कामहरु गरिरहेकी हुन्छिन् साथमा आफ्नो म्युजिक करियरलाई पनि मर्न भने दिएकी छैनन् । एकातिर गायिकाका रुपमा कमाएको लोकप्रियता, स्रोत तथा दर्शकलाई बिर्सन सकेकी छैनन भने अर्कोतिर गाउँघरका पीडाहरुलाई आफूभित्र गुम्स्याएर राख्न पनि चाहेकी छैनन् । यतिमात्र होइन पारिवारिक जिम्मेवारी पनि त्यतिकै काँधमा लिएर हिंडेकी गायिका इन्दिरा आफ्नो व्यवसायमा समेत त्यतिकै दिलोज्यानले लागि परेकी छन् ।
अहिलेसम्म गाएका म्युजिक एम्बम र भिडियोबाट नाम र प्रतिष्ठा कमाउन सफल देखिएकी इन्दिरा यसै क्षेत्रबाट कमाई हुने कुरामा त्यति विश्वास गर्दिनन् । त्यति हुँदा हुँदै पनि उनको संगीतप्रतिको महकै कारण पछिल्लो एल्बमको म्युजिक भिडियो ‘तिमीले छोडी गएपछि त’ बोलको धमकेदार, मनोरञ्जनात्मक म्युजिक भिडियो बजारमा ल्याएकी छन् । नगेन्द्र शाहको पहिलो प्रस्तुतिको रुपमा यो म्युजिक भिडियो दर्शकमाझ आएको हो ।
यस म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा सम्पदा बानियाँ, सगुन शाही र सुमन थापाको अभिनय देख्न पाइनेछ । गीतको शब्द प्रेम कटुवालले कोरेका छन् भने । राज कुमार बगरले संगित भरेका छन् ।
म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले खिचेका छन भने सम्पादन रबिन बिकले गरेका छन् । म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका हुन् ।

संगीतलाई पेशाको रुपमा लिएकी इन्दिराले तिमीले छोडी गएपछि त….’ म्युजिक भिडियो दर्शक तथा स्रोतमाझ निकै लोकप्रिय बन्नेमा आफू ढुक्क रहेको समेत बताउँछिन् । दर्शक र स्रोताको मायाले अहिलेसम्म यस क्षेत्रलाई त्याग्न नसकेको र यस म्युजिक भिडियोलाई मनपराई सांगीतिक उचाई थप्नेमा विश्वस्त रहेको बताइन् ।
गायन क्षेत्रलाई पारिवारिक समर्थन निकै कम्ती रहेको गुनासो गर्दै उनी भन्छिन– ‘स्वदेश तथा विदेशमा बसेर सांगीतिक यात्राका धेरै आरोहअवरोह पार गरेको अनुभव छ । प्रवासमा कामबाट थकित भएका नेपाली कामदारलाई एउटै थलोमा भेला गरी मनोरञ्जनात्मक लोकभाकाका गितहरुले भरपुर मनोरञ्जन प्रदान गरिएको बताउँछिन् ।
पहिला रहरले गित गाइयो तर अहिले रहर र कहर दुवै मिसावट भएर बाध्य बनाएको बताउँछिन् । उनी भन्छिन्–सांगीतिक क्षेत्रमा लागेर जिविकोपार्जन हुने सोच्न दिवास्वपन नै हो । यस क्षेत्रको लगानी भनेको वालुवामा पानी खन्याए झै हो । उनी थप्छिन्– कमाई नभए पनि, कम्पनीले रोयल्टी नदिए पनि जे जसरी हुन्छ गीत बजारमा निकाल्ने मन भएपछि निकालिरहेको छु ।

Leave A Reply

Your email address will not be published.